लिङ्गको आधारमा गरिने विभेद अर्थात पुरुष र महिलाबिचको असमानता झल्काउने शब्द हो- लैङ्गिक विभेदता। नेपालको प्रिष्ठभुमी केलाउने हो भने यो क्रम निकै नै लामो समयदेखी चलिआएको देख्न सकिन्छ। उहिले बाबु-बराजुको पालादेखी नारी र पुरुषमा असमानता छ भन्दै आइएको छ। शायद पुरुषप्रधान देश भएकै कारणले होला महिलामाथी अन्याय र अत्याचार गरिएको, उनिहरुलाई नर्कको द्वार भनिएको। अर्काको नासो, अरुको घरमा जाने भनेर छोरीहरुलाई नपढाउने, घरायसी काममा ब्यस्त राखिने, उमेर नपुग्दै विवाह गरिदिने, यस्ता प्रचलन सताब्दिऔँदेखी चलीआएको छ। तर छोरालाई भने आफ्नो बंश अगाडि बढाउने सन्तान ठानेर उनिहरुलाई बढी माया गर्ने, उनिहरुलाई खुला छोडिदिने प्रचलन पहिलेदेखिको नै हो। अहिले विश्व २१औँ सताब्दिमा पुगिसक्दा पनि यो प्रचलन यथावत नै छ। होला, केही मात्रामा काम भएको, तर नेपालको थुप्रै भु-भागमा यो चलन अझैपनी कायमै छ। आखिर किन यस्तो विभेद छ छोरा र छोरीमा?
लैङ्गिक विभेदको अन्त्यको लागि पहिलेदेखिनै थुप्रै कदम चालीइसकिएको छ तर जरैदेखी भने अझैसम्म पनि अन्त्य भएको छैन। नेपालका नेताहरुलाई यो एउटा भाषण गर्ने शिर्षकको रुपमा स्थापित भईसकेको छ। जातिय विभेद, लैङ्गिक विबेद, सामाजिक विभेद, आदिको बारेमा उनिहरु घण्टौँसम्म पनि भाषण दिन सक्छन् र आखिरमा यस्तो प्रतिबद्धता पनि गर्छन् कि - "यी विभेदको अन्त्य तत्काल गरिनुपर्छ र यसको लागि म र मेरो पार्टी हरदम तपाईंहरुको साथमा छ"। तर पनि बोलेको कुरा व्यवहारमा भने कहिल्यै पनि लागु गर्दैनन्।
अहिले नेपालमा महिलाको हकहितमा बोल्ने थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय संघ-संस्थाहरु छन्। उनिहरु र मानवअधिकारवादिहरु यस समस्यामा केही कुराहरु उठाउँछन् तर पनि केही पनि सुनुवाई हुँदैन। न त ति संस्थाहरुले गर्न पर्ने कुराजती गर्न खोज्छ, न त सरकारले नै कुनै कदम चाल्छ। त्यसैले यो समस्या अझ गहिरो काँडा सरी नारीको मुटुमा गढेको छ।
महिलाको हकहितको कुरा गर्दा अहिले उनिहरुलाई ३३ प्रतीशतको दायरामा ल्याइएको छ। तर अझै यो प्रतिशत ५०मा पुर्याउनुपर्ने उनिहरुको दाबी छ र यो जायज पनि छ। बोक्सीको आरोपमा दिसा खुवाउने चलन अहिले पनि नेपालमा पर्याप्त रुपमा देखन र सुन्न पाईन्छ। अहिलेको युगमा पनि महिलामाथिको यस्तो अपराध एकदम नसुहाउँदो छ। महिलालाई बलत्कार गर्ने, उनिहरुलाई बेच्ने, उनिहरुलाई मोजमस्तिको साधन ठान्ने यि सबै विभेदकै पारीधिमा पर्न आउँछ।
महिलाको ५० प्रतिशत हकको कुरा गर्नु पर्दा यो माग एकदम जायज देखिन्छ तर मागमात्रै राखेर हुँदैन। उनिहरुले हक मागेअनुसारको दायित्वको पनि निर्वाह गर्न सक्नु पर्छ। कुनै पनि एउटा संस्थाको ठुलो पदमा बस्न उनिहरु लालायित हुन्छन् तर पदको पदभार ग्रहण गरेपछी त्यो पदमा बस्नेले गर्नु पर्ने कार्यभार पनि उठाउन सक्नुपर्छ। नेपालमा त्यस्ता महिला पनि छन् जो पदमात्र पाउन चाहन्छन् तर पदको कार्यको पुर्तिको लागि भने उनिहरु पुरुषकै मुख ताक्छन्। जुन पदमा आफु उठ्न लगिएको छ त्यो पदको कामकाज आफु सम्हाल्न सक्छु कि सक्दिन भन्ने कुरा स्पष्ठ नभैकन त्यतिकै आफ्नो हकहित खोज्ने कुरा एकदमनै गलत हो। यो कुरा राम्ररी महिलाहरुले बुझ्नुपर्ने हुन आउँछ।
लैङ्गिक विभेदकै कुरा गर्नुपर्दा नेपालीहरुको महान चाड दसैंकै कुरा गरौँ । दशैमा केटाहरुलाई आशिर्वाद मात्र दिइन्छ तर केटीहरुलाई भने आशिर्वादको सँगसगै पैसा पनि दिनै पर्ने हुन्छ। यो पनि एउटा विभेदकै उदाहरण नै हो। अझ नेपाली समाजमा बिहे गर्दाखेरी पनि विभेद पाईन्छ। जब केटा र केटीको विवाह हुन्छ तब केटीहरु आफ्नो जन्मभुमी र जन्मस्थल छोडेर केटाहरु घरमा नै बस्नुपर्ने हुन्छ। केटीहरु केटाहरुले जता डोहोर्याउँछन् त्यतै नै जानुपर्ने बाध्यता हुन्छ। अहिले ५० प्रतिशतको कुरा उठेको बेलामा नारिहरुले के कुरा पनि बुझ्न आवश्यक छ भने, उनिहरुले उठाएको माग यदी पुरा गर्ने हो भने उनिहरुले आफुहरुलाई सबै बन्धनबाट अलग राख्ननु पर्ने हुन्छ। यदी दुबै जना छुटिन्छन् भने अहिले महिलाले पाउने आधा सम्पत्तिको पनि त्याग गर्न सक्ने हिम्मत उनिहरुमा हुनुपर्छ। लोग्नेले छोडेको खण्डमा अर्कोसँग बिहे गरेर फेरी घरबार चलाऊने हिम्मत पनि उनिहरुमा हुनपर्छ। समाजको डर, घ्रीणा, सबै उनिहरुले पचाउन सक्नु पर्ने हुन आउँछ।
त्यसैले नेपालमा लैङ्गिक विभेदको अन्त्यको लागि एकदमै सँङ्घर्ष गर्नु पर्ने देखिन्छ। यस समस्याको अन्त्य जरैदेखी गर्न खोज्ने हो भने नेपाली जनताले आफ्नो संस्कार, धर्मको परीत्याग गर्न पर्ने हुन्छ। तसर्थ यस परिस्थितीको निवारण सम्पूर्ण रुपमा सम्भव छैन। यो भन्दा फेरी नारिहरुलाई दमन नै गर्ने हो भन्ने चाँही होइन। नारिहरुको पनि अस्तित्व रक्षा हुन अत्यावश्यक छ। बोक्सीको आरोपमा दिसा खुवाउने, छोरी भनेर नपढाउने, दाईजो ल्याइन भनेर बुहारीलाई आगो लगाएर जलाउने,बिहे गर्दा दाईजो चाहिन्छ भन्ने, यि सबै अपराध हुन् र यि काम गर्नेहरुलाई कानुनले कडाभन्दा कडा सजाँय दिनुपर्छ। नारिको मानवअधिकारको रक्षा हुनुपर्छ अनी नारी पुरुष दुबै मिलेर देशको उत्तरोत्तर प्रगती गर्नुपर्छ। यो कुरा तब मात्र सम्भव हुन्छ जब लैङ्गिक विभेदको अन्त्य हुन्छ।
तसर्थ लैङ्गिक विभेदको अन्त्य हुनु एकदम जरुरी छ।