बाँच्नै मन नलागे नी यहाँ हामी बाँच्नुपर्छ
मन रोइ कराए नी यहाँ हामी हाँस्नुपर्छ
को हो पराइ को हो आफ्नो थाहा छैन यहाँ
जोसुकै जे भए पनि राम्रो नाता गाँस्नुपर्छ
मन रोइ कराए नी यहाँ हामी हाँस्नुपर्छ
दु:ख दर्द बिछोड पिडा कती हुन्छ कती
दु:ख पिर पर्दा पनि रमाइ रमाइ नाँच्नुपर्छ
मन रोइ कराए नी यहाँ हामी हाँस्नुपर्छ
जीवन हो रङगमन्च दुई दिनको रामछायाँ
जीवन यो कटाउन मन मुटु मुटु साँच्नुपर्छ
बाँच्नै मन नलागे नी यहाँ हामी बाँच्नुपर्छ
मन रोइ कराए नी यहाँ हामी हाँस्नुपर्छ
Friday, December 18, 2009
Wednesday, December 9, 2009
गजल
मन रुँदा हाँस्नुपर्ने जीवन पाएँ सस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
सहनलाई गाह्रो हुने रुखो तिम्रो वचन
वचनलाई कोमल त्यो फुल मानौँ जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
याद उनको आउँदा यो मन कती धेरै रुन्छ
बुझाउनै गाह्रो हजुर मन ढुङ्गा जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
च्यातिएका मनहरु हाँसोबाट टाल्छु
बुनिएका सपनाहरु कुना फालौं जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
सहनलाई गाह्रो हुने रुखो तिम्रो वचन
वचनलाई कोमल त्यो फुल मानौँ जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
याद उनको आउँदा यो मन कती धेरै रुन्छ
बुझाउनै गाह्रो हजुर मन ढुङ्गा जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
च्यातिएका मनहरु हाँसोबाट टाल्छु
बुनिएका सपनाहरु कुना फालौं जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
गजल
परेलिका ओठ भिज्ने कस्तो प्रित लाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ
आशंकाले छाती जल्ने कस्तो हो यो मन
बेदनाका गीत गाउने कस्तो स्वर पाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ
घाइते मात्र हुन्छ सधैं कस्तो अभागी यो मन
उज्यालोलाई खोज्दा खोज्दै अध्यारोमै आएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ
सहनलाई गाह्रो हुन्छ सम्झनाले चुट्दा
फुलको बाटो भनी हिंड्दा काँडा मात्र पाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ
आशंकाले छाती जल्ने कस्तो हो यो मन
बेदनाका गीत गाउने कस्तो स्वर पाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ
घाइते मात्र हुन्छ सधैं कस्तो अभागी यो मन
उज्यालोलाई खोज्दा खोज्दै अध्यारोमै आएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ
सहनलाई गाह्रो हुन्छ सम्झनाले चुट्दा
फुलको बाटो भनी हिंड्दा काँडा मात्र पाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ
Saturday, November 7, 2009
सरकारी नालयकपन
"कुरो गर्यो कुरैको दु:ख, नगरे यसै सुख"। नेपाली परीपाटी नै यस्तै छ। कुरो गम्भिर नै छ। के गर्ने सबैले कानमा तेल हालेर बसे पनि कुरो त गर्नै पर्यो नि! होइन र? नेपालका दाङ, सुस्ता लगायतका थुप्रै ठाउँमा भारतीय अतिक्रमण भईरहेको छ। तर कसैको पनि यस कुरामा ध्यानाकर्षण नभएको देख्दा अचम्म लाग्छ र लाग्नु पनि स्वभावीक हो। सरकार पनि यस सम्बन्धमा लाचार देखिन्छ, अरुको त कुरै छोडौ। के अहिलेसम्म कुनै नेताहरुले यस बिषयमा गम्भिरतापुर्वक यस बिषयमा बोलेको देखिन्छ त? सिमा मिचिएको सम्बन्धमा सरकारले बनाएको उच्च स्तरिय समितिले समेत विवरण पेश गरेपछी पनि सरकारबाट कुनै पनि कदम नचालिनुको अर्थ नेपाली जनताले के लाउने? के हाम्रा देश चलाऊन बसेका नेताहरु सबै भारतीय दलालनै हुन् त? नभए, पररास्ट्रमन्त्रीले समेत "सिमा मिचिएको छैन" भन्दै झ्याली पिट्दै हिंड्नुको अर्थ के हो त? नेपाली सिमा मिचिएपछी विरोध हुनुपर्थ्यो तर खोइ त? विरोध त त्यतिखेर नै हुनुपर्थ्यो जतिखेर नालापानी र कालापानी क्षेत्र भारतले आफ्नो बनाएको थियो। जब भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली चेलीबेटिको उनिहरुकै आमाबाबुको अगाडि बलत्कार गरेका थिए, नेपाली युवालाई त्यसको प्रतिरोध गर्दा मरणासन्न हुनेगरी पिटिएको थियो। छिमेकी देश हुँदैमा उसले गरेको नराम्रा कुरा विरुद्ध नबोल्नु त नालायकपन देखाउनु हो। यि सबै कुरामा हाम्रा देशका आफुलाई ठुलाठालु ठान्नेहारु किन मौन छन् त? हुनत, "भारतीय मुलका ब्यक्ती नेपाली प्रधानमन्त्री" भनेर भारतीय पत्रीकामा छाप्दासमेत विरोध नगरि छाती चौडा बनाएर बस्ने यस्ता नालायक सरकारको के कुरा गर्नु?
त्यसैले त भनेको नि 'कुरो गर्यो।।'भनेर। देशको स्वाधिनता, सार्वभौमसत्ता जोगाउन नसक्ने यस्ता निकम्मा नेताहरुको हाम्रो देशमा के काम त्यसैले जनताहरु सबै एकजुट भएर यस्ता पाखण्डी नेताहरुलाई कालोमोसो दलेर, जुत्ताको माला लगाएर देश निकाला गर्नुपर्छ।
आज म आफुलाई देशका हर्ताकर्ता र ठुलाठालु भन्नेहरुलाई चुनौती दिन चाहन्छु-" के कसैले भारतीय अतीक्रमण मुर्दाबाद, मिचिएको जमिन फिर्ता गर' भन्न सक्छ? यदी त्यसो भनेर कोही अगाडि बद्छ भने सम्पूर्ण नेपाली जनता लड्न सुअलाई साथमा साथ मिलाउन तयार छन्। 'हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ' भन्ने कुरा तथ्य साबित गर्न तयार छन्।
त्यसैले त भनेको नि 'कुरो गर्यो।।'भनेर। देशको स्वाधिनता, सार्वभौमसत्ता जोगाउन नसक्ने यस्ता निकम्मा नेताहरुको हाम्रो देशमा के काम त्यसैले जनताहरु सबै एकजुट भएर यस्ता पाखण्डी नेताहरुलाई कालोमोसो दलेर, जुत्ताको माला लगाएर देश निकाला गर्नुपर्छ।
आज म आफुलाई देशका हर्ताकर्ता र ठुलाठालु भन्नेहरुलाई चुनौती दिन चाहन्छु-" के कसैले भारतीय अतीक्रमण मुर्दाबाद, मिचिएको जमिन फिर्ता गर' भन्न सक्छ? यदी त्यसो भनेर कोही अगाडि बद्छ भने सम्पूर्ण नेपाली जनता लड्न सुअलाई साथमा साथ मिलाउन तयार छन्। 'हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ' भन्ने कुरा तथ्य साबित गर्न तयार छन्।
Wednesday, November 4, 2009
स्पार्टकस
स्पार्टकस् तँ दास होस्
आजसम्मको धर्तिको
सबभन्दा खरो इतिहाँस होस्।
तैले मुक्तकण्ठले
स्वतन्त्रताको गीत गाइस्
कायरहरुले भोग्नै नसक्ने
मालिकहरुले थेग्नै नसक्ने
कस्तो दरिलो युग ल्याइस्।
हो, स्पार्टकस्,
तँ गजबको दास होस्
धर्तीपुत्रले सधैं सुँघ्ने
अती मिठो सुवास होस्
मान्छेलाई पसुमा झार्ने
तै पनि सभ्यताको स्वाँग पार्ने
लाखौं जीवनअका छोरालाई
मुखभरी धुर्त्याइँ पोत्ने
मुटुभरी लुच्याइँ बोक्ने
ति पाखन्डी घुसखोरीलाई
स्पार्टकस्,
तैले उछिट्टो काढिस्
कथित कानुनमा जेलिएका, ठेलिएका औ पेलिएका
सबलाई जागा गराइ छोडिस्
त्यसैले तँ स्पर्कटस्,
तँ मुक्त दास होस्
लाखौं लाख दासहरुको
जीवन चाहने सासहरुको
तँ नै अन्तिम आश होस्,
गौरबमय इतिहाँस होस्।
आजसम्मको धर्तिको
सबभन्दा खरो इतिहाँस होस्।
तैले मुक्तकण्ठले
स्वतन्त्रताको गीत गाइस्
कायरहरुले भोग्नै नसक्ने
मालिकहरुले थेग्नै नसक्ने
कस्तो दरिलो युग ल्याइस्।
हो, स्पार्टकस्,
तँ गजबको दास होस्
धर्तीपुत्रले सधैं सुँघ्ने
अती मिठो सुवास होस्
मान्छेलाई पसुमा झार्ने
तै पनि सभ्यताको स्वाँग पार्ने
लाखौं जीवनअका छोरालाई
मुखभरी धुर्त्याइँ पोत्ने
मुटुभरी लुच्याइँ बोक्ने
ति पाखन्डी घुसखोरीलाई
स्पार्टकस्,
तैले उछिट्टो काढिस्
कथित कानुनमा जेलिएका, ठेलिएका औ पेलिएका
सबलाई जागा गराइ छोडिस्
त्यसैले तँ स्पर्कटस्,
तँ मुक्त दास होस्
लाखौं लाख दासहरुको
जीवन चाहने सासहरुको
तँ नै अन्तिम आश होस्,
गौरबमय इतिहाँस होस्।
Wednesday, October 28, 2009
क्रान्तिकारी भुमिसुधार

जमीन कसैको पनि स्वामित्त्वमा हुने सम्पत्ति होइन। यो त एउटा प्रकृतिको उपज हो र यो तथ्यलाई सबैले मान्नुपर्छ। यदी कसैले जमिन र जग्गालाई आफ्नो भन्छ भने त्यो मानिस स्वत: गलत हो। कुनै पनि राज्यमा बस्ने नागरिकले त्यो देशमा आफ्ना बस्ने, खाने, लाउनेजस्ता मौलिक अधिकारहरु पाउनुपर्छ। क्रान्तिकारी भुमिसुधार भनेको देशका प्रत्यक परिवारलाई बस्न र खान पुग्ने जग्गा बितरण गर्नुनै हो। देशमा निश्चित हदबन्दी तोकेर बाँकी रहेको जग्गा सरकारी स्वामित्त्वमा ल्याएर भुमिहिन किसानहरुलाई बाँडीदिनुनै क्रान्तिकारी भुमिसुधार हो।
नेपाली तथ्यांक अनुसार नेपालमा करिब १० लाख मानिस भुमिहिन छन्। यि नागरिकहरु आफ्नो भुमी नभएको कारणले गर्दा अरुको कमैया भएर बस्न वाध्य छन्। ३ पुस्ताभन्दा अघिदेखी नेपालमा थुप्रै मानिसहरु जमिन्दारको घरमा कमैया हुन पुगेका छन् र उनिहरुको श्रम शोषण भईरहेको छ। के उनिहरुले खाने, बस्ने लगायतका मौलिक हक र अधिकार नपाउने? अत: तिनै मानिसहरुको मौलिक अधिकारको परीपुर्तिको लागि भुमिसुधारको आवश्यकता परेको हो। कुनै पनि देशको बिकासको लागि पनि यो अपरिहार्य हुन्छ। यसका उदाहरण त विश्वका कैयौँ मुलुकले देखाइसकेका छन्। जस्तै: जापान, चिन, दक्षिण कोरिया, आदी। यि देशदरुमा भुमिसुधार लागु हुनुभन्दा पुर्व धेरै मानिसहरु गरिव र भुमिहिन थिए। तर अहिले आएर यि देशहरु धेरै नै सम्पन्नशाली भएका छन्। भुमिसुधार गरेपछी आफ्नो देशको उत्पादकत्त्व बढाएर यिनिहरुले धेरै नै प्रगती गरेका छन्। त्यसैले नेपालमा पनि भुमिसुधारको आवश्यकता परेको हो।
यसै आवश्यकता परीपुर्तिको लागि नेपालमा पहिले एमालेको ९ महिने कालमा केशब बरालको अध्यक्षतामा भुमिसुधार ब्यबस्थापन समिती बनाइ भुमिसुधारको सुरुवात भएको थियो। तर पछी त्यो समिती त्यतिकै सेलायो अनी अहिले आएर नेकपा माओवादीले आफ्नो कार्यकालमा हरिबोल गजुरेलको अध्यक्षतामा फेरी अगाडि बढाएको छ।माओवादीको भुमिसुधार ब्यवस्थापन समितिले नेपालमा कुल ५५ लाख हेक्टर जमिन उत्पादनमुलक रहेको तथ्यांक पनि प्रस्तुत गरेको छ भने १ बिगाहको हदबन्दी नेपाली जनतालाई लगाएको छ। तर भुमिसुधार गरिनुभन्दा पहिले नेपालमा भएका जग्गा कसरी सरकारी स्वामित्त्वमा ल्याउने भन्ने बहस गरिनु जरुरी छ। अहिले हाम्रो देशको नियम अनुसार लगातार ३ बर्षभन्दा बढी बाँझो राखेको खेत र हदबन्दी तोकेभन्दा बढी भएको जग्गा जमिन स्वत: सरकारी स्वामित्त्वमा आउने प्रावधान रहेको छ।
भुमिसुधारको क्रममा सरकारी स्वामित्त्वमा आउने जग्गाको मुहाब्जा कुन रुपले दिने या नदिने कुराको पनि छलफल गर्नु आवश्यक छ। विश्व जगतमा हेर्ने हो भने चिन र उत्तर कोरियामा जग्गाको मुहाब्जा कोही पनि मानिसलाई दिएन। देशले हदबन्दी तोकेकोभन्दा बढी जग्गा हुनेबाट सरकारले जग्गा कब्जा गरेको तथ्यांक ति देशबाट हेर्न पाईन्छ भने दक्षिण कोरिया, जापान, ताईवान लगायतका राज्यमा भने सरकारले जग्गाको निश्चित मुहाब्जा जनतालाई दिएको पाईन्छ। तर स्पष्ठ कानुन अनुरुपको अनुसार नहुने हाम्रो देशका नागरिकले भने आफुले कमाएको सम्पत्ती सबै जग्गामा लगेर हालेको तथ्यांक देख्न सकिन्छ। नेपालका मानिसहरुसँग राज्यले तोकेको हदबन्दीभन्दा बढी जग्गा रहेको देखिन आउँछ। कतिपय जग्गाहरु सामन्ती शाषकको रहेको पनि तथ्यांक भेटीन्छ।त्यसैले नेपालमा कुन जग्गाचाँही जनताले दु:ख गरेर कमाएको सम्पत्तिले किनेको हो र कुनचाही सामन्तिले शोषण गरेर आफ्नो बनाएको हो भन्ने छुट्याउन जरुरत छ र जुन जग्गाचाँही जनताको श्रम र परीश्रमबाट किनेको हो, सरकारले ति जग्गाको निश्चित मुहाब्जा भने दिन जरुरी हुन आउँछ।
प्रशन के उठ्न सक्छ भने, देशमा भएका सबै जमिनहरुलाई टुक्रा टुक्रा बनाएर सबैलाई बाँडेपछी कसरी उत्त्पादकत्त्व बढ्छ? यो त स्वभाबिक कुरा हो? त्यसैले भूमिसुधार गरिसकेपछी नेपालका किसानहरुलाई जग्गा लिजमा दिएर हुन्छ कि या चक्लाबन्दी गरेर हुन्छ, त्यसको ब्यवस्था मिलाएर, किसान किसान माझ सहकारी अपनाएर, बैज्ञानीक रुपले खेती, सिचाँइको ब्यवस्था मिलाएर गर्न एकदम जरुरी हुन आउछ।
Wednesday, September 16, 2009
लैङ्गिक विभेद
लिङ्गको आधारमा गरिने विभेद अर्थात पुरुष र महिलाबिचको असमानता झल्काउने शब्द हो- लैङ्गिक विभेदता। नेपालको प्रिष्ठभुमी केलाउने हो भने यो क्रम निकै नै लामो समयदेखी चलिआएको देख्न सकिन्छ। उहिले बाबु-बराजुको पालादेखी नारी र पुरुषमा असमानता छ भन्दै आइएको छ। शायद पुरुषप्रधान देश भएकै कारणले होला महिलामाथी अन्याय र अत्याचार गरिएको, उनिहरुलाई नर्कको द्वार भनिएको। अर्काको नासो, अरुको घरमा जाने भनेर छोरीहरुलाई नपढाउने, घरायसी काममा ब्यस्त राखिने, उमेर नपुग्दै विवाह गरिदिने, यस्ता प्रचलन सताब्दिऔँदेखी चलीआएको छ। तर छोरालाई भने आफ्नो बंश अगाडि बढाउने सन्तान ठानेर उनिहरुलाई बढी माया गर्ने, उनिहरुलाई खुला छोडिदिने प्रचलन पहिलेदेखिको नै हो। अहिले विश्व २१औँ सताब्दिमा पुगिसक्दा पनि यो प्रचलन यथावत नै छ। होला, केही मात्रामा काम भएको, तर नेपालको थुप्रै भु-भागमा यो चलन अझैपनी कायमै छ। आखिर किन यस्तो विभेद छ छोरा र छोरीमा?
लैङ्गिक विभेदको अन्त्यको लागि पहिलेदेखिनै थुप्रै कदम चालीइसकिएको छ तर जरैदेखी भने अझैसम्म पनि अन्त्य भएको छैन। नेपालका नेताहरुलाई यो एउटा भाषण गर्ने शिर्षकको रुपमा स्थापित भईसकेको छ। जातिय विभेद, लैङ्गिक विबेद, सामाजिक विभेद, आदिको बारेमा उनिहरु घण्टौँसम्म पनि भाषण दिन सक्छन् र आखिरमा यस्तो प्रतिबद्धता पनि गर्छन् कि - "यी विभेदको अन्त्य तत्काल गरिनुपर्छ र यसको लागि म र मेरो पार्टी हरदम तपाईंहरुको साथमा छ"। तर पनि बोलेको कुरा व्यवहारमा भने कहिल्यै पनि लागु गर्दैनन्।
अहिले नेपालमा महिलाको हकहितमा बोल्ने थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय संघ-संस्थाहरु छन्। उनिहरु र मानवअधिकारवादिहरु यस समस्यामा केही कुराहरु उठाउँछन् तर पनि केही पनि सुनुवाई हुँदैन। न त ति संस्थाहरुले गर्न पर्ने कुराजती गर्न खोज्छ, न त सरकारले नै कुनै कदम चाल्छ। त्यसैले यो समस्या अझ गहिरो काँडा सरी नारीको मुटुमा गढेको छ।
महिलाको हकहितको कुरा गर्दा अहिले उनिहरुलाई ३३ प्रतीशतको दायरामा ल्याइएको छ। तर अझै यो प्रतिशत ५०मा पुर्याउनुपर्ने उनिहरुको दाबी छ र यो जायज पनि छ। बोक्सीको आरोपमा दिसा खुवाउने चलन अहिले पनि नेपालमा पर्याप्त रुपमा देखन र सुन्न पाईन्छ। अहिलेको युगमा पनि महिलामाथिको यस्तो अपराध एकदम नसुहाउँदो छ। महिलालाई बलत्कार गर्ने, उनिहरुलाई बेच्ने, उनिहरुलाई मोजमस्तिको साधन ठान्ने यि सबै विभेदकै पारीधिमा पर्न आउँछ।
महिलाको ५० प्रतिशत हकको कुरा गर्नु पर्दा यो माग एकदम जायज देखिन्छ तर मागमात्रै राखेर हुँदैन। उनिहरुले हक मागेअनुसारको दायित्वको पनि निर्वाह गर्न सक्नु पर्छ। कुनै पनि एउटा संस्थाको ठुलो पदमा बस्न उनिहरु लालायित हुन्छन् तर पदको पदभार ग्रहण गरेपछी त्यो पदमा बस्नेले गर्नु पर्ने कार्यभार पनि उठाउन सक्नुपर्छ। नेपालमा त्यस्ता महिला पनि छन् जो पदमात्र पाउन चाहन्छन् तर पदको कार्यको पुर्तिको लागि भने उनिहरु पुरुषकै मुख ताक्छन्। जुन पदमा आफु उठ्न लगिएको छ त्यो पदको कामकाज आफु सम्हाल्न सक्छु कि सक्दिन भन्ने कुरा स्पष्ठ नभैकन त्यतिकै आफ्नो हकहित खोज्ने कुरा एकदमनै गलत हो। यो कुरा राम्ररी महिलाहरुले बुझ्नुपर्ने हुन आउँछ।
लैङ्गिक विभेदकै कुरा गर्नुपर्दा नेपालीहरुको महान चाड दसैंकै कुरा गरौँ । दशैमा केटाहरुलाई आशिर्वाद मात्र दिइन्छ तर केटीहरुलाई भने आशिर्वादको सँगसगै पैसा पनि दिनै पर्ने हुन्छ। यो पनि एउटा विभेदकै उदाहरण नै हो। अझ नेपाली समाजमा बिहे गर्दाखेरी पनि विभेद पाईन्छ। जब केटा र केटीको विवाह हुन्छ तब केटीहरु आफ्नो जन्मभुमी र जन्मस्थल छोडेर केटाहरु घरमा नै बस्नुपर्ने हुन्छ। केटीहरु केटाहरुले जता डोहोर्याउँछन् त्यतै नै जानुपर्ने बाध्यता हुन्छ। अहिले ५० प्रतिशतको कुरा उठेको बेलामा नारिहरुले के कुरा पनि बुझ्न आवश्यक छ भने, उनिहरुले उठाएको माग यदी पुरा गर्ने हो भने उनिहरुले आफुहरुलाई सबै बन्धनबाट अलग राख्ननु पर्ने हुन्छ। यदी दुबै जना छुटिन्छन् भने अहिले महिलाले पाउने आधा सम्पत्तिको पनि त्याग गर्न सक्ने हिम्मत उनिहरुमा हुनुपर्छ। लोग्नेले छोडेको खण्डमा अर्कोसँग बिहे गरेर फेरी घरबार चलाऊने हिम्मत पनि उनिहरुमा हुनपर्छ। समाजको डर, घ्रीणा, सबै उनिहरुले पचाउन सक्नु पर्ने हुन आउँछ।
त्यसैले नेपालमा लैङ्गिक विभेदको अन्त्यको लागि एकदमै सँङ्घर्ष गर्नु पर्ने देखिन्छ। यस समस्याको अन्त्य जरैदेखी गर्न खोज्ने हो भने नेपाली जनताले आफ्नो संस्कार, धर्मको परीत्याग गर्न पर्ने हुन्छ। तसर्थ यस परिस्थितीको निवारण सम्पूर्ण रुपमा सम्भव छैन। यो भन्दा फेरी नारिहरुलाई दमन नै गर्ने हो भन्ने चाँही होइन। नारिहरुको पनि अस्तित्व रक्षा हुन अत्यावश्यक छ। बोक्सीको आरोपमा दिसा खुवाउने, छोरी भनेर नपढाउने, दाईजो ल्याइन भनेर बुहारीलाई आगो लगाएर जलाउने,बिहे गर्दा दाईजो चाहिन्छ भन्ने, यि सबै अपराध हुन् र यि काम गर्नेहरुलाई कानुनले कडाभन्दा कडा सजाँय दिनुपर्छ। नारिको मानवअधिकारको रक्षा हुनुपर्छ अनी नारी पुरुष दुबै मिलेर देशको उत्तरोत्तर प्रगती गर्नुपर्छ। यो कुरा तब मात्र सम्भव हुन्छ जब लैङ्गिक विभेदको अन्त्य हुन्छ।
तसर्थ लैङ्गिक विभेदको अन्त्य हुनु एकदम जरुरी छ।
Monday, August 31, 2009
माओवादी सामु आएको चुनौती......

२०५२ साल फाल्गुण १ गते देखी माओवादीले सुरु गरेको तत्कालिन राज्यसत्ताविरुद्ध सशस्त्र आन्दोलनको अन्त्य २०६१ सालमा आएर ब्रिहत शान्ती सम्झौतामा भयो। माओवादीको मुख्य ध्यय- संबिधानसभाको चुनाव र गणतन्त्रको स्थापना पुरा भयो। संबिधानसभाको चुनावमा पनि सबै पार्टिहरुभन्दा बढी मत ल्याएर उसले जनताको राज्य पुन:संरचनाप्रतिको चाहना र आफुप्रतिको विश्वासलाई देखायो। सन्क्रमणकालिन परिस्थितीमा उसले सरकारको नेत्रित्व गर्यो, एमालेसँग सहमती गरेर। तर यो सरकार ९ महिनामा नै ढालियो। तत्कालिन सरकारको विपक्षमा बसेको मुख्य पार्टी कांग्रेस सत्तारुढ दल एमालेले अनेकका दोष लगाएर र बाहिरी शक्तिकेन्द्रसँग तालमेल मिलाएर यो सरकार ढाले। माओवादीको आर्थिक, भाषिक, लैन्गिक, सामाजिक असमानताहरुलाई हटाएर देशको पुन:संरचना गर्ने नारा नेपाली कांग्रेस र कम्युनिस्ट धारा नै हराएको एमालेलाई पटक्कै मन परेको थिएन। त्यसैले सरकार बन्न पनि ४ महिना लामो समय लाग्यो। उल्टै माओवादीलाई यथास्थितिबाद र सर्वसत्ताबादको सङ्ज्ञा दिए। देशको मुख्य मुख्य पार्टिहरु र सारा राज्य संयन्त्र नै विरुद्धमा भएको माओवादीको सरकार ढल्नुको बाहेक विकल्प अरु केही पनि थिएन। हुनत पुर्व अनुभव, अरु पार्टिका नेताहरुको जस्तो राजनीतिक कुशलताको कमी पनि एउटा कारण हुन सक्छ। तर माओवादीको सरकार ढल्नुको मुख्य कारण भने सामन्तकारी सोचविचार भएको कांग्रेस, एमाले र एही प्रिष्ठभुमीमा हुर्कदै आएका अहिलेका मधेशबादी दल नै हुन् भन्न अत्युक्ती नहोला।
तर माओवादीले पनि सरकार बनाउने बेलामा एउटा गल्ती भने गरेकै हो। एमाले, मधेशवादी दलजस्ता कांग्रेसका पिछलग्गुसँग उसले गठबन्धनको सरकार बनायो। तर त्यतीबेलाको परिस्थितीको अबलोकन गर्दा भने यो बाहेक अन्य कुनै पनि विकल्प थिएन। जनताले एक्लै सरकार बनाउन भनेर स्पष्ठ मत नदिएको कारणले गर्दा सबैलाई विपक्षमा राखेर एक्लै सरकार बनाउन पनि सम्भव थिएन।
तर अहिले भने कांग्रेस लगायताका दलका धारणा भने स्पष्ठसँग बुझिँदै आएको छ। उनिहरु शान्ती सम्झौतालाई उल्ट्याएर माओवादीलाई पुन: जंगल फर्काएर उनिहरुलाई सखाफ पार्ने सोचमा छन्। यो क्रम त राष्ट्रपतिको चुनावदेखी लिएर अहिले संबिधानसभाको सभापतिको चुनावसम्म चलिरहेको छ र अझै कतीसम्म चल्ने हो? तर कांग्रेस लगायताका दलका यस्ता सोचले नेपाली जनताले चाहेको जस्तो संबिधान नै नबन्ने खतरा उन्मुख रहेको पाईन्छ। या त नेपालमा संबिधान नै बन्दैन या त फेरी २०४७ सालको जस्तै संबिधान बन्न सक्ने खतरा छ।
अब माओवादीले उठाएका जातिय, भाषिक, लैङगिक, सामाजिक असमानताको नारा उसैको लागि चुनौति बनेको छ। अब नेपाली जनतले पनि सोच्न पर्ने बेला आएको छ। गरिवी उन्मुलन, राज्यको पुन:संरचनाजस्ता नेपालीलाई टेवा पुर्याउने कुरालाई तर्किक निस्कर्षमा पुर्याउन अब नेपाली जनताले फेरी अर्को जनआन्दोलन गर्नुपर्ने अवस्था आएको छ। नत्र भने अब आउने संबिधान फेरी शाषकबर्गको मात्र हित हुने आउन सक्छ र गरिवी, जातिय, भाषिक, सामाजिक असमानताको चपेटामा परेका परेका नागरिक फेरी त्यसरि नै झन पिचिन र थिचिन सक्छन्।
यसरी सबै ठाउँबाट अलग्गिएका माओवादीसामुन्ने जनताको जीवनस्तर बढाउने, देशमा शान्ती ल्याउने, देशको सर्वभौमसत्ता जोगाउने र देशको चौतर्फी बिकास गर्ने कुरा चुनौतिको रुपमा उभिएको छ।
उनी र मेरो जीवन

जब थियौ मेरो साथ
तब खुशीयाली थियो मेरो दिन र रात
सपनाका महल सजाउँदै
गगन चुम्ने अठोटमा रमाउँदै
सुन्दर भविष्यको कल्पना गर्थेँ
भन्थेँ तिम्रै लागि बाँच्छु अनी मर्छु
रातमा आकाशको ताराहरुमा
तिम्रै सुन्दर रुप खोज्थेँ
तिम्रो न्यानो काँख सम्झँदै
सिरानीमा शिर राखेर सुत्थेँ
तिम्रा सागरभन्दा गहिरा आँखाको कल्पनामा
तिम्रो चन्द्रमाजस्तो रुपको सम्झनामा
तिमीलाई आफ्नो बनाउने धोको पाल्दै
आँफैलाई हराउँथे!!!
जब छोड्यौ मेरो हात
विश्व नै भासिए जस्तो लाग्यो
सपना सबै टुक्रा टुक्रा भएर
आँखामा बिझ्न थाले
चारैतिर निस्पट्ट अँध्यारो छायो
पुर्नेको रातपनी औंशीझै लायो
ताराले झलमल्ल रातलाई
कालो बादलले ढाकेझै लाग्यो
भोक प्यास लाग्न छाडयो
निद्रादेवीले लत्याएझै लाग्यो
धुँवा र रक्सीमा दिन बित्न थाल्यो
आफ्नो भन्ने पराइ भईदिँदा
जिन्दगी नै लक्ष्यहिन लाग्न थाल्यो
ओठका मुस्कान हराउन थाले
जिन्दगीदेखी विरक्तिएर
स्वर अनाएसै कराउन थाले
आँखा त्यसै रसाउन थाले!!!
Tuesday, August 25, 2009
राज्यले विश्वसनीयता गुमाउँदा......
अहिलेको नेपालको समसामयिक परिस्थितीमा उपरोक्त बिषय मलाई अती नै सान्दर्भिक जस्तो लाग्छ। नेपालको अहिलेको राजनीतिक अस्थिरता, असमझदारिता र अराजकताले यो बिषयलाई थापा सान्दर्भिक तुल्याएको छ।कुनै पनि राज्य प्रणालिमा कानुनभन्दा माथि कोही पनि हुन सक्दैन, चाहे त्यो प्रधानमन्त्री होस् या एउटा सामान्य नेपाली नागरिक। कानुन कसैले पनि उल्लङ्घन गर्न मिल्दैन। कानुनमा लिखित सबै नियमको पालन गर्नु हरेक नागरिकको दायित्त्व हुन आउँछ। तर हाम्रो देशमा कानुन किताबमा मात्र पढ्न पाईन्छ, कानुनको पालना गर्ने कोही पनि भेटिँदैन।
कानुन र संबिधानको संरक्षक नै.......
नेपाली जनताको जनआन्दोलनद्वारा मुलुक 'संघिय लोकतान्त्रिक गणतन्त्र'मा परिवर्तित त भयो तर लोकतान्त्रिक मुल्य र मान्यता भने ब्यवहारमा पटक्कै देखिँदैन। अहिलेका उप-राष्ट्रपती परमानन्द झालाई नै एउटा उदाहरणको रुपमा हेरौँ, उनी नेपालको संबिधानको पालनकर्ता मात्रै होइनन् , संरक्षक पनि हुन्। सपथ ग्रहणको बेलामा उनले आफ्नो राष्ट्रियतालाई नै चुनौती दिँदै हिन्दिमा सपथ खाए। यो एउटा मुद्धा बन्यो र सर्बोच्च अदालतमा सुनुवाई हुनको लागि थन्कियो। अहिले आएर सर्बोच्च अदालतले सुनुवाई दिँदै उक्त सपथ ग्रहण संबिधान विपरित भएको निष्कर्ष निकाल्दै पुन: सपथ ग्रहण लिन आदेश दियो तर झाले सर्बोच्चले यो कदम आफुमाथी पुर्वाग्रह राख्दै गरेको भन्दै टाढिन खोजेका छन्। उनले आफ्नो मात्रिभाषा हिन्दी नै हो भन्न समेत हिच्किचाएनन्। देशको सर्वभौमसत्तामाथी नै धारिलो चोट प्रहार गर्दै, एउटा जिम्मेवार मानिसले यस्तो वक्तब्य दिनु अपराध नै हो। अब कानुनको संरक्षकले नै कानुनको यसरी खिल्ली उडाउँछन् भने एउटा सामान्य नागरिकले के गर्ने!! नेपाली जनताले अब कस्तो संविधान पाउने होला!!! सोच्नुपर्ने कुरा छ!!
सरकारको अपरीपक्व निर्णय.....
कुनै पनि राज्यको कानुन अन्तर्गत एउटा निर्णय गरी सकेपछी त्यो निर्णयको पालना हुनुपर्छ र त्यो निर्णयलाई परिवर्तन कि त त्यही सरकार वा सरकार बदलीएपछीको सरकारले मात्र गर्न पाउँछ। अब हाम्रो सरकारको निर्णयलाई हेरौँ। गोरखा दरवार, नुवाकोट दरवार र बसन्तपुर दरवारलाई २०६५ सालमा नेपाल सरकारले नेपाली स्वामित्वमा रखिने निर्णय गर्यो। यो निर्णय एकदमै असान्दर्भिक छ। पहिलेदेखी नै सरकारी स्वामित्वमा रहेको दरवारलाई पुन: सरकारी स्वामित्त्वमा ल्याउने निर्णय अपरिपक्वताको पराकाष्ठा नै हो। उक्त दरवारहरु २०३१ साल जेठमा श्री ५ को सरकारको स्वामित्त्वमा ल्याइएको निर्णय पहिले नै गरिसकेको थियो। तर नेपाल सरकारले भने यसतिर ध्यान दिएन। यदी यस्तै हो भने विश्व समुदायले अविश्वसनीयताको दर्जामा हाम्रो देशलाई राखन सक्छ।
अलोकतान्त्रिक गतिविधी तथा दण्डहिनता.......
हाम्रो मुलुक अहिले लोकतान्त्रिक मुलुकको रुपमा प्रष्ट्याइएको छ तर अहिलेसम्म लोकतान्त्रिक मुल्य र मान्यताको उपहाँस गर्दै त्यसका विरुद्ध कार्य भईरहेको छ। लोकतान्त्रिक मुलुकमा हुनुपर्ने कुनै पनि कार्य भईरहेको छैन। न त देशमा शान्ति छ, न सुरक्षा नै। अलोकतान्त्रिक गतिविधिको पराकाष्ठा हो-दण्डहिनता। दण्डहिनता भनेको कुनै पनि अपराधीलाई राज्यको तोकेको सजाय नदिनु हो। त्यस्ता अपराधीलाई राज्यकै संरक्षण मिलिरहेको छ भन्छन् प्रधानमन्त्रीहरु- अधिकारिक रुपमा र अझ 'दण्डहिनताको अवस्था अन्त्य हुनुपर्छ' भन्न समेत हिच्किचाउँदैनन् उनिहरु। सबैलाई थाहा नै छ, कुनै पनि पार्टिको भात्रिसंगठनहरुले गरेको गतिबिधी जुन अराजक छ, संबिधानविपरित छ, त्यस्ता गल्तिलाई राजनीतिक पर्टिले नै लुकाउँछन् र त्यस्ता गल्ती गर्ने अपराधीलाई आँफैले नै संरक्षण दिने गर्छन्।
तसर्थ राज्यले विश्वसनीयता गुमाउँदा कुनै दिन यस्तो अवस्था आउनसक्छ जसले राज्यको सार्वभौमसत्तालाई नै खतरामा पर्नसक्छ। नेपाली जनताले खोजेको नयाँ नेपाल यस्तो होइन। राज्यका सम्पूर्ण पक्षले संविधान र कानुनको दायराभित्र रहेर काम गर्नुपर्छ। अनी बल्ल देशको बिकास हुन्छ र देश शक्तीशाली बन्न सक्छ। अन्तत: राज्यको विश्वसनियता जोगाउन सम्पूर्ण नेपालीहरु कटीबद्ध भएर लाग्न जरुरी छ।
Saturday, July 18, 2009
नेपाली जनताको चित्कार!!
आजभन्दा करीब ५ बर्ष अघी नेपालको यस्तो हालत थिएन। देशमा शान्ति सुरक्षा थिएन। माओवादीहरु भूमिगत भएर सशस्त्र आन्दोलन गरिरहेका थिए। देशमा जताततै बम,गोली र रगतको बर्षा भई रहेको हुन्थ्यो। कुन बेला र कहाँ माओवादी र सेनाको बिचमा दुईतर्फी यूद्ध हुन्छ अनी को को मर्छन् अनी हाम्रो त्यो बेला के हालत हुन्छ भनेर जनताहरु सशंकित हुन्थे। त्यो बेला मनिसहरु आफ्नो घर र परिवारको सुरक्षाको लागि हरदम सचेत हुने गर्थे। कती मनिसहरु त आफ्नो सुरक्षाको लागि आफ्नो जन्मभुमी समेत छोडेर भागेका थिए। मानिसहरुलाई सधैं आफ्नो ज्यान जोगाउनको चिन्ता हुन्थ्यो। कहिले माओवादीहरु आएर उनिहरुलाई धम्की दिन्थे त कहिले सेनाहरु। उनिहरुलाई दुबैतिरबाट आत्त्थु-आत्थु पार्थे। आफ्ना हुर्के बढेका छोरा छोरीहरु उनिहरुभन्दा टाढा हुन्थे किनकी उनिहरुलाई कि त माओवादीहरुले आफ्नो सेनामा भर्ना गर्न लान्थे कि त सेनाहरुले माओवादी भनेर बेपत्ता पारीदिन्थे। मनिसहरुलाई शान्ती चहिएको थियो। दुबै पक्षबाट पीडित जनतालाई सुरक्षा चहिएको थियो। प्रत्येक पत्रीकाहरुमा यो झडपमा आज माओवादीतिर यती जना र सेनातर्फ यतीजनाको मृत्यु भनेर आउथ्यो। जनताहरुले जहिले पनि मरेको, मारेको, बम, गोली पड्किएको कहानी मात्र सुन्नुपर्थ्यो। कती मनिसहरु त घरबार बिहिन भएर बिस्थापित हुनुपर्यो त कती मनिसहरु मृत्युको चपेटामा पर्नु पर्यो। चारैतिर कोलाहल र त्रासपूर्ण बातावरण थियो। जनताहरु निर्धक्कसँग बाँच्न र खान सकिरहेका थिएनन्। उनिहरुलाई केबल शान्ती चाँहीएको थियो।
जब दुई पक्षबिच शान्तीबार्ता भयो तब जनतालाई शान्तिको सास फेर्न पाउने आशा जाग्यो। उनिहरुले शान्ती र सद्भभाव पूर्ण बातावरणमा बस्ने दिन आयो भनी खुशीयाली मनाउन थाले। त्यसपछी संबिधानसभाको चुनाव गरियो अनी माओवादीहरुले नै अरु पार्टीभन्दा बढी मत ल्याएर सरकारको नेत्रित्व गर्ने अवसर पाए। अब त देशमा शान्ती आउँछ भन्ने आशमा मनिसहरु रमाउन थाले। तर अझै पनि मनिसले चाहेको जस्तो शान्ती भने आउन सकेन। त्यसपछी ९ महिनापछी माओवादीको सरकार ढालियो र एमालेको सरकार बनाइयो। तर अफसोच नेपालीहरुले कहिल्यै पनि शान्ती पाउन सकेनन्। देशमा पेट्रोलियम पदार्थको अभाव भयो, महंगीले आकाश छुन थाल्यो। नेपालीहरुको बाँच्नै नसक्ने अवस्था भयो। संसारभरीनै आर्थिक जगत ध्वस्त भयो। संसारमा आर्थिक संकट आईपर्यो। नेपालीहरुको त झनै दयनीय अवस्था आयो। देशका सम्पूर्ण नेताहरु कुर्सी तानातान र मै खाउ मै लाउँ भन्न थाले। जनताहरु भोक्भोकै मर्न थाले भने नेताहरु आफुआफु लड्दै बस्न थाले। जनताले अझै पनि शान्ती पाउन सकेनन्।
आखिर कहिले सम्म त यो तछाड मछाड? के जनताले नेताहरुलाई लड्न संसदमा पठाएका हुन त? उनिहरुको आवश्यकताको पुर्ती अब कहिले हुने त? देशमा बिक्षीप्त भ्रस्टाचार, लुटपाट, अन्याय, अत्याचार कहिले अन्त्य हुन्छ त? के नेपाली जनता अब सधैं यस्तै अन्योलको अवस्थामा नै बस्नुपर्ने हो त? देशको सिमा छिमेकी देशले अतिक्रमण गर्दा क् अझै टुलुटुलु हेर्दै बस्ने हो त? के भोक नाङगा, असहाय, गरीब, गुरुवाहरुलाई सधैं यस्तै किचलो सहनु पर्ने हो त? के नेपाली जनताले कहिलेपनी शान्तिको सास फेर्न नपाउने नै हो त? के देशमा सधैं लुटमार, अपहरण ब्यप्त भईरहने नै हो त? के अब देश हाँक्न बसेकाहरुले सोच्नु पर्ने बेला आएन र?
नेपाली जनताको यो चित्कार आखिर कहिले सम्म र कस्ले सुनिदिने त?
जब दुई पक्षबिच शान्तीबार्ता भयो तब जनतालाई शान्तिको सास फेर्न पाउने आशा जाग्यो। उनिहरुले शान्ती र सद्भभाव पूर्ण बातावरणमा बस्ने दिन आयो भनी खुशीयाली मनाउन थाले। त्यसपछी संबिधानसभाको चुनाव गरियो अनी माओवादीहरुले नै अरु पार्टीभन्दा बढी मत ल्याएर सरकारको नेत्रित्व गर्ने अवसर पाए। अब त देशमा शान्ती आउँछ भन्ने आशमा मनिसहरु रमाउन थाले। तर अझै पनि मनिसले चाहेको जस्तो शान्ती भने आउन सकेन। त्यसपछी ९ महिनापछी माओवादीको सरकार ढालियो र एमालेको सरकार बनाइयो। तर अफसोच नेपालीहरुले कहिल्यै पनि शान्ती पाउन सकेनन्। देशमा पेट्रोलियम पदार्थको अभाव भयो, महंगीले आकाश छुन थाल्यो। नेपालीहरुको बाँच्नै नसक्ने अवस्था भयो। संसारभरीनै आर्थिक जगत ध्वस्त भयो। संसारमा आर्थिक संकट आईपर्यो। नेपालीहरुको त झनै दयनीय अवस्था आयो। देशका सम्पूर्ण नेताहरु कुर्सी तानातान र मै खाउ मै लाउँ भन्न थाले। जनताहरु भोक्भोकै मर्न थाले भने नेताहरु आफुआफु लड्दै बस्न थाले। जनताले अझै पनि शान्ती पाउन सकेनन्।
आखिर कहिले सम्म त यो तछाड मछाड? के जनताले नेताहरुलाई लड्न संसदमा पठाएका हुन त? उनिहरुको आवश्यकताको पुर्ती अब कहिले हुने त? देशमा बिक्षीप्त भ्रस्टाचार, लुटपाट, अन्याय, अत्याचार कहिले अन्त्य हुन्छ त? के नेपाली जनता अब सधैं यस्तै अन्योलको अवस्थामा नै बस्नुपर्ने हो त? देशको सिमा छिमेकी देशले अतिक्रमण गर्दा क् अझै टुलुटुलु हेर्दै बस्ने हो त? के भोक नाङगा, असहाय, गरीब, गुरुवाहरुलाई सधैं यस्तै किचलो सहनु पर्ने हो त? के नेपाली जनताले कहिलेपनी शान्तिको सास फेर्न नपाउने नै हो त? के देशमा सधैं लुटमार, अपहरण ब्यप्त भईरहने नै हो त? के अब देश हाँक्न बसेकाहरुले सोच्नु पर्ने बेला आएन र?
नेपाली जनताको यो चित्कार आखिर कहिले सम्म र कस्ले सुनिदिने त?
वाह! कती मिठो हाँसो
वाह! कती मिठो हाँसो
वाह! कती राम्रो हाँसो
झरी परेपछीको आकाश खुलेको जस्तो हाँसो
टिलिक्क टल्किने मोतीको दाना देखिने हाँसो
सुकिसकेको मुलबाट पनि फुटेको जस्तो हाँसो
पिडा समाप्त भई मन प्रफुल्लित भएको बेलाको हाँसो
कोमल गुलाब फुल फुलेको जस्तो हाँसो
वाह! कती मिठो हाँसो।।
वाह्! कती राम्रो हाँसो।।
वाह! कती मिठो हाँसो।।
वाह! कती राम्रो हाँसो।।
शिशिरले बन जङगल सेताम्मे पारेपछी
बसन्तले हरियाली पार्दाको हाँसो
स्थिर तलाउको पानीमा
एक्कासी ढुङ्गा फाल्दा आउने तरङग जस्तो हाँसो
सुकिसकेको खोलामा
एक्कासी पनि आउँदाको हाँसो
भोकाएका मनिसहरुले
भोजन गर्न पाउँदाको हाँसो
सारा पिडा र बेदना नै
मत्थर पारीदिने हाँसो
कठोर मुटुलाई पनि
कोमल मुटुमा परिवर्तन गरिदिने हाँसो
बादलरहित आकाशझैं खुला हाँसो
वाह! कती मिठो हाँसो।।।
वाह! कती राम्रो हाँसो।।।
वाह! कती राम्रो हाँसो
झरी परेपछीको आकाश खुलेको जस्तो हाँसो
टिलिक्क टल्किने मोतीको दाना देखिने हाँसो
सुकिसकेको मुलबाट पनि फुटेको जस्तो हाँसो
पिडा समाप्त भई मन प्रफुल्लित भएको बेलाको हाँसो
कोमल गुलाब फुल फुलेको जस्तो हाँसो
वाह! कती मिठो हाँसो।।
वाह्! कती राम्रो हाँसो।।
वाह! कती मिठो हाँसो।।
वाह! कती राम्रो हाँसो।।
शिशिरले बन जङगल सेताम्मे पारेपछी
बसन्तले हरियाली पार्दाको हाँसो
स्थिर तलाउको पानीमा
एक्कासी ढुङ्गा फाल्दा आउने तरङग जस्तो हाँसो
सुकिसकेको खोलामा
एक्कासी पनि आउँदाको हाँसो
भोकाएका मनिसहरुले
भोजन गर्न पाउँदाको हाँसो
सारा पिडा र बेदना नै
मत्थर पारीदिने हाँसो
कठोर मुटुलाई पनि
कोमल मुटुमा परिवर्तन गरिदिने हाँसो
बादलरहित आकाशझैं खुला हाँसो
वाह! कती मिठो हाँसो।।।
वाह! कती राम्रो हाँसो।।।
Tuesday, July 14, 2009
उ केबल हिँड्दै थियो
उ हिड्दै थियो
सुनसान सडकमा
एक्लै.......नितान्त एक्लै!!!
अँध्यारो रातमा
आफ्नो अन्धकारमय जीवनका यथार्थ केलाउदै थियो
उसका जीवनमा घटेका घटना
उसले पाएको ब्यथा
उसमा घनिभूत हुँदै गैरहेका थिए
उ केबल सोचिरहेको थियो
केबल सोचिरहेको.......
आफ्ना मनमा लागेका चोट!!
उसका आँखाबाट गंगा सल्बलाईरहेकी थिईन्
उसको मनमा भक्कानो फुटीरहेको थियो
तर......उ केबल सोचिरहेको थियो
आफ्नो जीवनको यथार्थ चित्रण गर्दै थियो
उ निमुखा प्राणीजस्तै मुकदर्सक थियो
उस्का मुखबाट शब्द निस्कन सकिरहेको थिएन
न त उ मुस्कुराउनै सकेको थियो
उसको मन र मुटुमा अन्तरद्वन्ध चलिरहेको थियो
उसका प्रत्यक पाइलाले
उसका प्रत्यक चालहरुले
उसको ब्यथित मनको कथा दर्शाइरहेको थियो
उसका एक एक थोपा अस्रुहरुले
उसको ब्यथा बोलिरहेको थियो
आफ्नो गन्तब्य प्रतिको निस्चितता उसमा थिएन
न त आफ्नो भबिस्यप्रती नै उ सजग थियो
थियो त केबल आफ्नो हालतमा, आफ्नो पिडा अनी आँसुहरुमा!!!
उसका पाइलाहरुले उसको बाटो डोर्यौउँदै थियो
कहाँ जाने, कता पुग्ने?
त्यसको निस्चितता उसमा थिएन
उ केबल हिँड्दै थियो
आफ्नो मनको घाऊ केलाउँदै
जीवनमा घटेका क्षणमा हराउँदै
उ केबल हिँड्दै थियो
सुनसान सडकमा.........एक्लै
नितान्त एक्लै!!!!
सुनसान सडकमा
एक्लै.......नितान्त एक्लै!!!
अँध्यारो रातमा
आफ्नो अन्धकारमय जीवनका यथार्थ केलाउदै थियो
उसका जीवनमा घटेका घटना
उसले पाएको ब्यथा
उसमा घनिभूत हुँदै गैरहेका थिए
उ केबल सोचिरहेको थियो
केबल सोचिरहेको.......
आफ्ना मनमा लागेका चोट!!
उसका आँखाबाट गंगा सल्बलाईरहेकी थिईन्
उसको मनमा भक्कानो फुटीरहेको थियो
तर......उ केबल सोचिरहेको थियो
आफ्नो जीवनको यथार्थ चित्रण गर्दै थियो
उ निमुखा प्राणीजस्तै मुकदर्सक थियो
उस्का मुखबाट शब्द निस्कन सकिरहेको थिएन
न त उ मुस्कुराउनै सकेको थियो
उसको मन र मुटुमा अन्तरद्वन्ध चलिरहेको थियो
उसका प्रत्यक पाइलाले
उसका प्रत्यक चालहरुले
उसको ब्यथित मनको कथा दर्शाइरहेको थियो
उसका एक एक थोपा अस्रुहरुले
उसको ब्यथा बोलिरहेको थियो
आफ्नो गन्तब्य प्रतिको निस्चितता उसमा थिएन
न त आफ्नो भबिस्यप्रती नै उ सजग थियो
थियो त केबल आफ्नो हालतमा, आफ्नो पिडा अनी आँसुहरुमा!!!
उसका पाइलाहरुले उसको बाटो डोर्यौउँदै थियो
कहाँ जाने, कता पुग्ने?
त्यसको निस्चितता उसमा थिएन
उ केबल हिँड्दै थियो
आफ्नो मनको घाऊ केलाउँदै
जीवनमा घटेका क्षणमा हराउँदै
उ केबल हिँड्दै थियो
सुनसान सडकमा.........एक्लै
नितान्त एक्लै!!!!
Thursday, July 2, 2009
लाल बहादुर
हिजो, लाल बहादुर,
कुप्रा कुप्रा झुप्राहरुमा,
अचेतन अन्धकारका थुप्राहरुमा,
घिउको बत्ती बालेर जान्थ्यो।
भोक नमर्ने खस्रो गास,
निद्रा नपर्ने भुल्लो बास,
जे पाए पनि खुशी नै मान्थ्यो।
दुस्मनका छातीमा तिखा तिर,
बहिरा कानमा राता झिर,
एकलब्य जसरी ताकेर हान्थ्यो।
हिजोको लाल बहादुर,
बैरिको काल बहादुर!!!
आज, लाल बहादुर,
अट्टालिका साचेर आँखाभरी
तिलोत्तमा राखेर काखाभरी
मसिहाको स्वाग पारेर डुल्छ
आर्तहरुको करुण चित्कार
धर्ती मिलाउने झक्की बिचार
गिलासभित्र हालेर निल्छ
नोटको गढ्ढी पजेरो कार
अमुक मालिकको चुत्थो खकार
सिधै भन्छ-"लिन्छु जो मिल्छ"
आजको लाल बहादुर,
बिचरा काल बहादुर!!!
भोली, लाल बहादुर,
जेलको चिसो छिडिको बास,
इज्जत पैसा सर्बनास,
मरनको दिन गन्न थाल्ला
बिउझेर तितो सपनाबाट,
झस्केर झल्ला जपनाबाट
पछुतो पछुतो भन्न थाल्ला
आफुले हिजो थिचेको
किरा ठानेर मिचेको
मान्छेको हुकार सुन्न थाल्ला
भोलिको लाल बहादुर
पतित तिरस्क्रित, स्याल बहादुर!!!!
कुप्रा कुप्रा झुप्राहरुमा,
अचेतन अन्धकारका थुप्राहरुमा,
घिउको बत्ती बालेर जान्थ्यो।
भोक नमर्ने खस्रो गास,
निद्रा नपर्ने भुल्लो बास,
जे पाए पनि खुशी नै मान्थ्यो।
दुस्मनका छातीमा तिखा तिर,
बहिरा कानमा राता झिर,
एकलब्य जसरी ताकेर हान्थ्यो।
हिजोको लाल बहादुर,
बैरिको काल बहादुर!!!
आज, लाल बहादुर,
अट्टालिका साचेर आँखाभरी
तिलोत्तमा राखेर काखाभरी
मसिहाको स्वाग पारेर डुल्छ
आर्तहरुको करुण चित्कार
धर्ती मिलाउने झक्की बिचार
गिलासभित्र हालेर निल्छ
नोटको गढ्ढी पजेरो कार
अमुक मालिकको चुत्थो खकार
सिधै भन्छ-"लिन्छु जो मिल्छ"
आजको लाल बहादुर,
बिचरा काल बहादुर!!!
भोली, लाल बहादुर,
जेलको चिसो छिडिको बास,
इज्जत पैसा सर्बनास,
मरनको दिन गन्न थाल्ला
बिउझेर तितो सपनाबाट,
झस्केर झल्ला जपनाबाट
पछुतो पछुतो भन्न थाल्ला
आफुले हिजो थिचेको
किरा ठानेर मिचेको
मान्छेको हुकार सुन्न थाल्ला
भोलिको लाल बहादुर
पतित तिरस्क्रित, स्याल बहादुर!!!!
Tuesday, June 23, 2009
बिलाईजाने पानी जस्तो
नलेखेरनै कती कथाहरु हराएर जान्छन्
जीवनका कैयो पल कराएर जान्छन्!!
रोउ भने जिन्दगिमा आसुँ छैन सस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो!!
हाँस्दा हाँस्दै मान्छे कती डराएर जान्छन्
जीवनका कैयो पल कराएर जान्छन्!!
बिलाईजाने पानी जस्तो रहेछ जीवन
बुझाउनै गाह्रो कस्तो हजुर मान्छेको यो मन!!
जीवनको यात्रामा कती मन पराएर जान्छन्
जीवनका कैयो पल कराएर जान्छन्!!!
जीवनका कैयो पल कराएर जान्छन्!!
रोउ भने जिन्दगिमा आसुँ छैन सस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो!!
हाँस्दा हाँस्दै मान्छे कती डराएर जान्छन्
जीवनका कैयो पल कराएर जान्छन्!!
बिलाईजाने पानी जस्तो रहेछ जीवन
बुझाउनै गाह्रो कस्तो हजुर मान्छेको यो मन!!
जीवनको यात्रामा कती मन पराएर जान्छन्
जीवनका कैयो पल कराएर जान्छन्!!!
आसुँ नै रहेछ जिन्दगी
आसुँ नै रहेछ जिन्दगी हासु म कस्का लागि?
ब्यथा नै भएछ जिन्दगी बाचुँ म कस्का लागि?
आकाश छुने आकांक्षाहरु बिचैमा ठप्प हुँदा
मनमा उम्रिएका रहरहरु साचुँ म कस्का लागि?
आफ्नो भन्ने मान्छेलाई पराई भई हिंडेको देख्दा
नतोडीनु नाता तोडिएपछि गासुँ कस्का लागि?
ब्यथा नै भएछ जिन्दगी बाचुँ म कस्का लागि?
आसुँ नै रहेछ जिन्दगी हासुँ म कस्का लागि???
ब्यथा नै भएछ जिन्दगी बाचुँ म कस्का लागि?
आकाश छुने आकांक्षाहरु बिचैमा ठप्प हुँदा
मनमा उम्रिएका रहरहरु साचुँ म कस्का लागि?
आफ्नो भन्ने मान्छेलाई पराई भई हिंडेको देख्दा
नतोडीनु नाता तोडिएपछि गासुँ कस्का लागि?
ब्यथा नै भएछ जिन्दगी बाचुँ म कस्का लागि?
आसुँ नै रहेछ जिन्दगी हासुँ म कस्का लागि???
Monday, June 22, 2009
नरोउ आमा
नरोउ आमा
तिम्रा छोराहरुले तिम्रो करुण चित्कार सुनेका छन्
तिम्रो न्यानो काखलाई रगतले भिजाउनेहरुको बली दिएर
तिम्रो काख सितल पार्ने सपना बुनेका छन्
तिम्रो पछ्यौरी ओढेर
तिमीलाई संसारभर चिनाउने
धोको आफ्नो मनमा थुनेका छन्।
नरोउ आमा,
तिम्रो अस्तित्व संकटमा पार्नेहरुलाई
तिम्रो इज्जतलाई खेलौना ठान्नेहरुलाई
अब तिम्रा सन्तानले
तिन्का टुप्पी र्र्वाइ र्र्वाइ रिगाइ
तिन्का छ।ला च्यातेर
त्यहा नुन बेसार दल्नेछन्
तिम्रा बक्ष्यस्थलका मरभुमिमा
तिन्का ताता रगत बग्नेछन्
र तिम्रो मन आनन्दित पार्नेछन्।
नरोउ आमा
तिम्लाई कुद्रिस्टीले हेर्नेहरुको
आँखामा तिर घोचीनेछ
तिम्लाई बहिरा भन्नेहरुको कानमा
राता झिर कोचिनेछ
तिम्लाई संकटमा पार्नेहरुको अन्त्यको लागि चक्रब्युह रचिनेछ
तिमीलाई आफ्ना ठान्नेहरु
तिमीलाई आमा मान्नेहरु
तिम्लाई जोगाउन आईसकेकाछन्
तिम्रो आसुँ पुछ्न लाईसकेकाछन्
तिम्रो उत्तरोत्तर प्रगतिको लागि
उनिहरु कटीबद्ध भईसकेकाछन्
तिमीलाई हानी गर्नेहरुको मिती पुर्याउने
कसम खाइसकेकाछन्!!!
तिम्रा छोराहरुले तिम्रो करुण चित्कार सुनेका छन्
तिम्रो न्यानो काखलाई रगतले भिजाउनेहरुको बली दिएर
तिम्रो काख सितल पार्ने सपना बुनेका छन्
तिम्रो पछ्यौरी ओढेर
तिमीलाई संसारभर चिनाउने
धोको आफ्नो मनमा थुनेका छन्।
नरोउ आमा,
तिम्रो अस्तित्व संकटमा पार्नेहरुलाई
तिम्रो इज्जतलाई खेलौना ठान्नेहरुलाई
अब तिम्रा सन्तानले
तिन्का टुप्पी र्र्वाइ र्र्वाइ रिगाइ
तिन्का छ।ला च्यातेर
त्यहा नुन बेसार दल्नेछन्
तिम्रा बक्ष्यस्थलका मरभुमिमा
तिन्का ताता रगत बग्नेछन्
र तिम्रो मन आनन्दित पार्नेछन्।
नरोउ आमा
तिम्लाई कुद्रिस्टीले हेर्नेहरुको
आँखामा तिर घोचीनेछ
तिम्लाई बहिरा भन्नेहरुको कानमा
राता झिर कोचिनेछ
तिम्लाई संकटमा पार्नेहरुको अन्त्यको लागि चक्रब्युह रचिनेछ
तिमीलाई आफ्ना ठान्नेहरु
तिमीलाई आमा मान्नेहरु
तिम्लाई जोगाउन आईसकेकाछन्
तिम्रो आसुँ पुछ्न लाईसकेकाछन्
तिम्रो उत्तरोत्तर प्रगतिको लागि
उनिहरु कटीबद्ध भईसकेकाछन्
तिमीलाई हानी गर्नेहरुको मिती पुर्याउने
कसम खाइसकेकाछन्!!!
Monday, June 15, 2009
bharatiye bistarbad murdabad

hamro desh NEPAL kahile pani kasaisanga pani jhukeko thiyena,afno sarbha bhaum satta lai sadhai jogayera rakhi rakheko thiyo. yesh sansar ka sabai desh haru ek na ek din aru kunai thula desh ko adhin ma basnu paryo. tara hamro desh kahile pani kasaiko adhin ma basnu parena. Britain jasto thulo desh le pani hamro desh ko kehi pani bigarna sakena. hamra bir purkha haru le aafno desh ko aastitwa sadaiv bachai rakhe tara ahile hamro desh ko halat bhane bhinna cha.
hamro desh Nepal ko ahile aastitwa sankat ma pareko cha.aafulai chimeki desh bhanne bharat le ahile hamro desh ko sima aatikramad gardai cha. Nawalparasi jilla ko SUSTA chettrama usle kaiyeu bigaha jamin atikramad garisakyo. Tara pani Nepalko sarkar le yesto gambhir kura ma kehi pani boleko painna. ajha parastra mantri sujata koirala bharatiye rajdut rakesh sud sanga milera atikramad bhayekai chaina bhanna pani pachi parinan.. kasto chala ho yo.
purkhale aafno jyan ko bali diyera jogayeko yo mato lai , yo matri bhumilai k neta harule bechna ta lageka hoinan??!!!!
kahile sugauli sandhi , kahile k sandhi bhandai Nepal ko dui tihai bhag bharat le lai sake pani kohi kehi boleka chainan.... aba hame netaharu ko bhar naparikana janata nai aafno desh jogauna tarfa lagnu parne bhayeko cha....Tesaile aja June 15 ko dinma ma bharat ko yesh bistarbadi niti ko birodh garna chahanchu....
BHARATIYE BISTARBAD MURDABAD
Hamro desh atikramad garne desh bharat MURDABAD......
Monday, May 11, 2009
PM ko padh ma "Madhav Kumar Nepal"!!!!???
UML ka purba mahasachib Madhav Kumar Nepal, ini hun Nepal ka pratham rastrapati ko lagi chuniyeka bekti. Tara ini kahile pani rastrapati chai huna sakenan. ini sadhai halla mai matra rastrapati ko padh ma niukta bhaye. sambidhan sabhako chunab ma dui thauma uthera dubai thau bata hareka inle yemaleko mahasachib ko padh bata naitikta ko adharma rajinama diye. tara afna purana mahasachib ko yo abastha dekhna nasakera UML le inlai sambidhan nirmad samiti ko sabhapati ko rupma sambidhan sabha ma chiraye. janaandolan taka pani ini khub chamkiyeka thiye. Gyanendra le afno sasan ko antya hune chat kat dekhera PM ko kursiko hakdar banauna darkhasta dina awo bhanda inle jana andolanko mul marma lai birsera adha pratigaman sachiyo bhandai darbarma ghuda tekna jane inko teti bela pani naam chalekai thiyo. ahile desh ma ganatantra aisakepachi pani inlai PM hune bhok le ajhai chodeko chaina ra UML ka batha haru madhay ini afailai PM ko padhma prastawit gareka chan. k yeti sabai bhayera pani ini PM jasto garimamaya padh ma niukta hune khal ka chan ta? yedi Prachanda naitikta ko adharma aba PM banna paudainan bhane inlai kun naitik ta ko adharma desh ko PM banaune hota???
Saturday, March 28, 2009
causes of defeat in FSU election by ANNFSU-R
FSU election held in chaitra 6 had given the disappointing result for the ANNFSU-R. It is able to capture only 48 campuses. Do anybody know the reason behind this result??
Subscribe to:
Posts (Atom)