जय शम्भो! जय श्रीराम! यी हुन् मठ मन्दिरमा पूजा आजा गर्न जाँदा प्रयोग गरिने शब्दहरु। त्यसपछी मानिसहरु भन्न थाल्छन् "हे भगवान्, मेरो यो इच्छा पुरा गर्देउ" भनेर। तर भगवान् हुन पर्यो नि पुरा हुनलाई। कहिलेकाँहीपुरा हुन्छ संयोगले। तर म नास्तिक भने होइन है, भगवान छैन भनेर। हरेक मानिसको जुनसुकै कुरालाई हेर्ने दृष्टिकोण फरक फरक हुन्छ। तपाईंले भगवानलाई कुन रुपले सोच्नुहुन्छ मैले कसरी सोच्छु, फरक हुन सक्छ किनकी प्रत्यक मानिसको विचार फरक हुन्छ। कतिपय मानिसले श्रीरामलाई भगवान ठान्छन्, उनको पूजा गर्छन् तर मेरो विचारमा उनी एउटा मानिसनै हुन् तर एक आदर्शवान मानिस जसले सधैं मानिसलाई राम्रो काम गर्न उत्प्रेरित गर्छ र हामी पनि उनी जस्ताइ आदर्शवान हुन जरुरी छ। गणेशको कुरा गरौँ न। ठुलो भुँडी, टाउको चाँही हात्तीको रे? पत्याउने कुरा हो? अनी दुइटी श्रीमती! उनलाई म भगवान भन्दा पनि बढी ज्ञानको रुपमा लिन चाहन्छु। उनको त्यो जती खाए पनि भरिदै नभरिने भुँडीलाई म यसरी अर्थ्याउन चाहन्छु। त्यो ठुलो भुँडी भनेको एउटा सागर हो जसमा ज्ञान जती भरेपनी त्यो भरी हुँदैन किनकी ज्ञान जती पाएपनी अघाइँदैन। के यो सत्य हैन त। उनका दुइती श्रीमती 'रिद्धी र सिद्धी', यिनलाई म मान्छेमा रिद्धी र सिद्धी दुबै हुनुपर्छ, नभएको मानिस अज्ञानी हो भनेर बुझ्ने गर्छु। के मेरो बुझाई गलत हो? यसरी बुझेपछी ढुङ्गालाई पूजा गर्न जरुरत छ त? तर पनि मन्दिरै हुनुहुन्न भनेर चाँही म भन्दिन किनकी मान्छेले कसरी बुझ्छन् त? त्यो कुरो पनि आवश्यक हुन्छ। जसलाई जसरी बुझ्न सजिलो पर्छ त्यसरिनै बुझाउनु पर्छ र उनिहरुले पनि बुझ्नुपर्छ। अधिकांश मानिसहरु भगवान भनेर मन्दिरमा गएर ढुङ्गाको मुर्तिलाई पुज्छन्, ढोग्छन्। यो उनिहरुको आस्था हो। मैले उनिहरुको आस्थालाई यहाँ चोट पुर्याउन खोजेको हैन र पुर्याउँदिन पनि। तर प्रत्यक मानिसको बोल्न लेख्न पाउने अधिकार हुन्छ। त्यसैले मैले पनि आफ्नो दुई शब्द यहाँ पोख्न मात्र खोजेको हो। अनी अर्को कुरा, ढुङ्गालाई पुज्दैमा धर्म गरेको जस्तो मलाई लाग्दैन। आध्यात्मिक चिन्तन गर्न जरुरत छ र त्यसलाई व्यवहारमा उतार्न पनि उत्तिकै आवश्यक छ। जुन मानिसले धर्म कमाउन चाहन्छ उसले मन्दिरमा गएर पुजेर मात्र केही हुँदैन। धर्मले हामीलाई के सिकाउँछ? सानालाई माया गर, ठुलालाई आदर, गरीब, निमुखा र पिडामा परेकाको सेवा गर, तब मात्र धर्म कमाउन सकिन्छ अनी मनमा सन्तोष हुन्छ। त्यही नै वास्तबिक सुख हो। हो यिनै कुराहरु गर्न सक्यो भने बल्ल त्यो मानिसले धर्म गरेको भन्ने अर्थ लाग्छ।
विश्वका सबै धर्मले हामीलाई एउटै कुरा सिकाउने हो। सबैको भलो हुने काम गर, सबै प्राणिलाई माया गर। त्यसैले म, म यही धर्म मान्छु भन्ने गर्न चाहन्न। जसले जुन धर्म माने पनि हुन्छ तर त्यो धर्मले सिकाउने पाठको भने अनुसरण गर्नु जरुरत छ। अब भन्नुस्, म आस्थिक कि नास्तिक?
Wednesday, November 10, 2010
एउटा अक्षम्य गल्ती
म गणतन्त्र बिरोधी होइन। मेरो यो लेख पढेर मलाई गण्तन्त्र बिरोधि भन्ने भान हुन सक्छ तर म गणतन्त्र विरोधी भने होइन। दोश्रो जनआन्दोलन पछी नेपालमा पुर्व राजा ज्ञानेन्द्रलाई पदच्युत गरी नेपालमा राष्ट्रपतिय शासनको सुरुवात गरियो र प्रधानमन्त्रीलाई कार्यअधिकार दिइयो। त्यसपछी नेपाल गणतान्त्रिक मुलुकको रुपमा स्थापित गरियो र अहिले आएर संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हुन पुगेको छ। नेपाललाई गणतान्त्रिक मुलुकको रुपमा घोषणा गर्ने क्रममा थुप्रै नाटक भए। उबेलामा नेपालका कतिपय ठाउँबाट राज भन्ने शब्द हटाइयो। अझ नेपालका पहिलेका राजाका सालीक तोडफोड गरियो। हामीले साना बेलामा पढ्दै आएका राष्ट्रपिता पृथ्वी नारायण शाहलाई पनि सामन्ती भनियो। उनी सामन्ती थिए, ठिकै हो तर के उनलाई राष्ट्रपिताको हैसियतबाट हटाएर पृथ्वी जयन्तीनै मनाउन नहुने अवस्था पार्न जरुरत थियो? के यो ठीक भयो त? के सोचले उनलाई यस्तो गरियो? पुर्व राजा विरेन्द्रको देहवसान हुँदा सिङगो नेपाल रोएको थियो? आखिर किन रोएको जब उसलाई नै लत्याउनु थियो भने ति झुठा आँसु बगाउन के जरुरत? कसैसँग यसको उत्तर छ? नेपालमा सबभन्दा ठुला सामन्ती राजा नै थिए। यो सही हो र ज्ञानेन्द्रलाई पदच्युत गरेको पनि सही थियो। तर पृथ्वी नारायण शाहलाई त्यसो गर्दा एकचोटी सोच्नुपर्ने जस्तो लाग्छ। त्योबेलाको अवस्था हेर्दा देशको एकीकरण गर्ने बाहेक कुनै पनि उपाय थिएन उनिसँग। मानिसले समय अनुसार चल्न सक्नुपर्छ। जुन बेला जस्तो व्यवहारको खाँचो पर्छ त्यस्तै गर्नु बुद्धिमानी हो। त्योबेला देशमा सामन्तिको खाँचो थियो, एकतन्त्रिय शासनको खाँचो थियो र यही अवस्थालाई चिनेर उनी बने पनि। यो उनको दुरदर्सिता थियो। तर उनलाई यसरी बेइज्जत गर्नु चाँही निको मान्दिन म। जंग बहादुर राणाले कुटनितिक कौशलताले बाँके, बर्दिया, कैलाली र कंचनपुर फर्काए। उनी पनि निरन्कुश थिए, सामन्ती थिए तर उनले ति क्षेत्र फिर्ता ल्याउनु नराम्रो भन्न मिल्दैन। प्रिथ्वी नारायण शाहले त्यो बेला बाइसे र चौबिसे राज्यलाई एक नबनाएका भए अहिले हामी कसैको गुलामी गर्दै भाडा माझेर बस्नुपर्ने थियो। यथार्थ यही नै हो। देशको सार्वभौमसत्ता बचाइ हाम्रो स्वाभिमान जोगाउनेको आज यो गती? आखिर किन? उनले नगरेका भए के हुन्थ्यो? प्रश्न सोध्न मन लागेको छ गणतन्त्र स्थापित गर्नेसँग जो सत्तालोलुपता र अधिनायकवादको खाल ओढेर आफुलाई चोखो भन्दै हिँडिरहेका छन्। जसमा नैतीकता रत्तिभरपनी बाँकी छैन।
नेपालमा अब हिटलरजस्तै निरन्कुश शासकको जरुरत परेको छ। जनताले जहिले जनआन्दोलन गरे, फल्स्वरुप धोकानै पाइरहेका छन् चाहे त्यो ४६ सालको होस् या ६१ सालको। जहिले परिवर्तन चाहे, उन्नती चाहे, अवन्नतीनै पाए। जुन बेला देशमा संकट पर्छ, त्यतिखेर निरन्कुशताको जरुरत पर्छ। नत्र देश आन्तरिक द्वन्दमा फसेर तहसनहस हुन्छ या अरुको मातहतमा बस्नुपर्ने हुन्छ। अरुका राम्रा कामलाई सरहानिय गर्नुपर्छ र उनिहरुको इज्जत, आदर गर्नुपर्छ। यदी कसैले गर्दैन भने उसको पनि पालो आउँछ र उ पनि अवहेलनाको पात्र हुन्छ। ईतिहाँसले सबैलाई हेर्छ। जीवनमा राम्रो गरेर देखाउने अमर हुन्छ। भालुलाई पुराण सुनाए बरावर हुन्छ यस्ता कुरा। कुरो गरे कुरैको दु:ख! तर जे भएपनी एकचोटी सबैले सोच्न चाँही पर्लाजस्तो लाग्छ मलाई!!

Monday, November 1, 2010
मुलुकको अवस्था
सर्वविदितै कुरो हो कि नेपालमा अहिले कामचलाउ प्रधानमन्त्री छन्। अहिलेका कामचलाऊ प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्रिको पदबाट राजिनामा दिएपछी १५ पटकसम्म चुनाव भईसक्दा पनि देशले एउटा प्रधानमन्त्री नपाउने भनेको लज्जास्पद कुरा हो। प्रचण्डले उम्मेदवारी फिर्ता लिएपछी अहिले रामचन्द्र पौडेल एक्ला प्रत्यासी छन्। तर दुई पटक चुनावमा हार्दा पनि उनी उम्मेदवारी फिर्ता लिने पक्षमा छैनन्। माओवादी, एमाले, फोरम, लगायतका सबै दलहरु तटस्थ बसिदिएको कारणले पौडेलले बहुमत पुर्याउन सकेका छैनन्। अहिले देश सङ्क्रमणकालमा गुज्रिरहेको छ। ६ महिना अघी बनिसक्नुपर्ने संबिधान थपेको एक वर्षमा समेत नबन्ने अवस्था आइसकेको छ। तर कसैलाई पनि यसको कुनै मतलब छैन, केबल आफ्नो पार्टीलाई कसरी सत्तामा पुर्याउने भन्ने चलखेल गरिरहेका छन्। जनताको आँखामा छारो हाल्ने काममात्र भईरहेको छ। सबै आफ्नो दुनो सोझ्याउने काममा ब्यस्त छन्। देश कस्तो परिस्थितीमा गुज्रीरहेको छ?, जनता के कस्ता मारमा परेका छन्?, सुरक्षा स्थिती कस्तो छ?, अहँ कसैलाई मतलब नै छैन। बिदेशी मुलुकहरु अचम्मित भएका छन्, "कहीँ नदेखेको जात्रा हाँडिगाउँमा" भएर। छिटो छिटो मिलेर देशलाई निकास दिनु त कहाँ हो कहाँ, एकआपसमा झगडा गर्यो, एकअर्काको बदख्वाँई गर्यो यसैमा ब्यस्त छन्, सबैजना। महँगिले आकाश चुमिसक्यो, कार्यालय अस्तब्यस्त छन्, सुरक्षा स्थिती नाजुक भईसक्यो तर कसलाई यसको के वास्ता। अझ राजनीतिक मामिलाको कारणले यसको ज्यान गयो, यो नेताले आफ्नोलाई फलानो बनाउन यती घुस दियो भनी सुन्दा बिचरा जनताले कसको के आस लिएर बस्ने? आँफैले भोट दिएको नेताले आफ्नै ढाडमा छुरी रोपेपछी सोझा जनताले के गर्ने?
देशको बिकास खै कता छ? दुनियाँ कती माथि पुगिसके, हामी भने उही १८औ शताब्दीमा छौ। उहिले १५ वर्षअघी उनिहरुले पढ्ने पाठ्यक्रम अहिले हामीले पढिरहेका छौं। यसलाई पारीमार्जित गर्दै देशलाई बिज्ञान र प्रविधिको क्षत्रमा उँभो लगाउने कहिले?देशका सडकमा खाल्डा खुल्डी परेका छन्, भवनहरु ७०-८० वर्ष पुराना छन्। उहिले घोषणापत्रमा देशको पुर्वाधार बिकास गर्ने, पुनर्निर्माण गर्ने भन्ने कटिबद्दता अहिले कता छन्। बाहिर आकाश चुम्ने महल बनिसकेका छन्, तर हाम्रोमा १५ तले भवन पाउन समेत गाह्रो छ। उनिहरु एउटा शहर १० वर्षमा बनाउछन् तर हाम्रोमा भने एउटा जलबिद्युत आयोजनालाई समेत २० वर्ष लाग्छ। खै कता छ हाम्रो उपलब्धी? उनिहरु ब्यापार ब्यवसायको कुरा अरबौंमा गर्छन्, हामी करोडमा पुग्ने अझै ठेगान छैन। धेरै टाढा जानै पर्दैन। हाम्रा मित्र राष्ट्रहरु विश्वको पहिलो मुलुकको दर्जामा गनिन्छन् तर हामी भने अहिलेसम्म उही तेस्रोको तेस्रो। पहिलो त के मा भन्दा गरीवी, महँगी, भ्रष्टचार, विक्रिती, बिसंगतीमा। हामी भन्दा साना राष्ट्र जस्तै सिङ्गापुर, पृथ्वीको स्वर्ग भनिन्छ तर हाम्रो औकात कहाँ छ? के हाम्रा नेताहरुले कहिल्यै यस बारेमा बुझ्न खोजेका छन्? हाम्रो जस्तो प्राकृतिक स्रोतमा धनी राष्ट्रको बिकास कती हुनुपर्ने हो तर अहिलेसम्म २% पनि भएको छैन। विश्वको सर्बोच्च शिखर सगरमाथाको देश, बुद्ध जन्मिएको देश भनेर चिनिने हाम्रो देश अहिले यि सबै भारतमा हो भनेर विश्वमा कहलिन थालेको छ तर कसैलाई पनि यसको पिर छैन। आफ्नो देशको अस्तब्यस्तताले गर्दा दुश्मन लागेका छन् तर कसैलाई केही फिक्री छैन। आखिर किन त? के आफ्नो देशको सार्वभौमसत्तामाथी चोट पर्दा कसैको पनि रगत उम्लिएर आउँदैन त? यदी देश नै नरहे हामीले नेपाली भनेर बाँच्ने अवसर पाइरहन्छौ त? बिकासोन्मुख देशबाट बिकसित देश भनेर चिनिने पालो कहिले त हाम्रो? देशको राजनीतिक अस्थिरता, महँगी, गरिवीले गर्दा कती मान्छेहरु बिदेश पलायन भएका छन्, यहाँ उच्च शिक्षाको गुणस्तरहिनताको कारणले कती बिद्यार्थी साथीहरु बिदेसिएका छन् र उतै बसेका छन्। यसले गर्दा देशलाई कती घाटा पर्छ, कसैले नापाजोखा गरेको छ? अहिले चाइनाले आफ्ना नागरिकहरुलाई आफ्नै देशमा आउन भनेको छ। उनिहरुलाई त्यहाँको भन्दा बढी सुबिधा र पैसा दिएर। तर हाम्रो आर्थिक स्थिती कमजोर छ। देश बिकासको लागि भनेर जम्मा भएको पैसा समेत सबै भ्रष्टचार गरेर सकिन्छन्। खाने, पिउने सबै कुरा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हाम्रो छ, देशमा उर्वर भुमी हुँदाहुँदै पनि। किन त? त्यसैले अब हामी जागरुक हुने बेला आएको छ। सारा जनता बिउझिने बेला आएको छ। पहिलेको गल्तीबाट चेतेर नयाँ उपाय निकाली देशको बिकास गर्नुपर्ने अवस्था आएको छ। एकपटक आँफै सोचौं त, के अहिलेको देशको अवस्थामा हामी शिर ठाडो पारेर हिंड्ने अवस्था छ? हाम्रो आत्मस्वाभिमान जिउँदै छ कि छैन?

Subscribe to:
Posts (Atom)