सर्वविदितै कुरो हो कि नेपालमा अहिले कामचलाउ प्रधानमन्त्री छन्। अहिलेका कामचलाऊ प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्रिको पदबाट राजिनामा दिएपछी १५ पटकसम्म चुनाव भईसक्दा पनि देशले एउटा प्रधानमन्त्री नपाउने भनेको लज्जास्पद कुरा हो। प्रचण्डले उम्मेदवारी फिर्ता लिएपछी अहिले रामचन्द्र पौडेल एक्ला प्रत्यासी छन्। तर दुई पटक चुनावमा हार्दा पनि उनी उम्मेदवारी फिर्ता लिने पक्षमा छैनन्। माओवादी, एमाले, फोरम, लगायतका सबै दलहरु तटस्थ बसिदिएको कारणले पौडेलले बहुमत पुर्याउन सकेका छैनन्। अहिले देश सङ्क्रमणकालमा गुज्रिरहेको छ। ६ महिना अघी बनिसक्नुपर्ने संबिधान थपेको एक वर्षमा समेत नबन्ने अवस्था आइसकेको छ। तर कसैलाई पनि यसको कुनै मतलब छैन, केबल आफ्नो पार्टीलाई कसरी सत्तामा पुर्याउने भन्ने चलखेल गरिरहेका छन्। जनताको आँखामा छारो हाल्ने काममात्र भईरहेको छ। सबै आफ्नो दुनो सोझ्याउने काममा ब्यस्त छन्। देश कस्तो परिस्थितीमा गुज्रीरहेको छ?, जनता के कस्ता मारमा परेका छन्?, सुरक्षा स्थिती कस्तो छ?, अहँ कसैलाई मतलब नै छैन। बिदेशी मुलुकहरु अचम्मित भएका छन्, "कहीँ नदेखेको जात्रा हाँडिगाउँमा" भएर। छिटो छिटो मिलेर देशलाई निकास दिनु त कहाँ हो कहाँ, एकआपसमा झगडा गर्यो, एकअर्काको बदख्वाँई गर्यो यसैमा ब्यस्त छन्, सबैजना। महँगिले आकाश चुमिसक्यो, कार्यालय अस्तब्यस्त छन्, सुरक्षा स्थिती नाजुक भईसक्यो तर कसलाई यसको के वास्ता। अझ राजनीतिक मामिलाको कारणले यसको ज्यान गयो, यो नेताले आफ्नोलाई फलानो बनाउन यती घुस दियो भनी सुन्दा बिचरा जनताले कसको के आस लिएर बस्ने? आँफैले भोट दिएको नेताले आफ्नै ढाडमा छुरी रोपेपछी सोझा जनताले के गर्ने?
देशको बिकास खै कता छ? दुनियाँ कती माथि पुगिसके, हामी भने उही १८औ शताब्दीमा छौ। उहिले १५ वर्षअघी उनिहरुले पढ्ने पाठ्यक्रम अहिले हामीले पढिरहेका छौं। यसलाई पारीमार्जित गर्दै देशलाई बिज्ञान र प्रविधिको क्षत्रमा उँभो लगाउने कहिले?देशका सडकमा खाल्डा खुल्डी परेका छन्, भवनहरु ७०-८० वर्ष पुराना छन्। उहिले घोषणापत्रमा देशको पुर्वाधार बिकास गर्ने, पुनर्निर्माण गर्ने भन्ने कटिबद्दता अहिले कता छन्। बाहिर आकाश चुम्ने महल बनिसकेका छन्, तर हाम्रोमा १५ तले भवन पाउन समेत गाह्रो छ। उनिहरु एउटा शहर १० वर्षमा बनाउछन् तर हाम्रोमा भने एउटा जलबिद्युत आयोजनालाई समेत २० वर्ष लाग्छ। खै कता छ हाम्रो उपलब्धी? उनिहरु ब्यापार ब्यवसायको कुरा अरबौंमा गर्छन्, हामी करोडमा पुग्ने अझै ठेगान छैन। धेरै टाढा जानै पर्दैन। हाम्रा मित्र राष्ट्रहरु विश्वको पहिलो मुलुकको दर्जामा गनिन्छन् तर हामी भने अहिलेसम्म उही तेस्रोको तेस्रो। पहिलो त के मा भन्दा गरीवी, महँगी, भ्रष्टचार, विक्रिती, बिसंगतीमा। हामी भन्दा साना राष्ट्र जस्तै सिङ्गापुर, पृथ्वीको स्वर्ग भनिन्छ तर हाम्रो औकात कहाँ छ? के हाम्रा नेताहरुले कहिल्यै यस बारेमा बुझ्न खोजेका छन्? हाम्रो जस्तो प्राकृतिक स्रोतमा धनी राष्ट्रको बिकास कती हुनुपर्ने हो तर अहिलेसम्म २% पनि भएको छैन। विश्वको सर्बोच्च शिखर सगरमाथाको देश, बुद्ध जन्मिएको देश भनेर चिनिने हाम्रो देश अहिले यि सबै भारतमा हो भनेर विश्वमा कहलिन थालेको छ तर कसैलाई पनि यसको पिर छैन। आफ्नो देशको अस्तब्यस्तताले गर्दा दुश्मन लागेका छन् तर कसैलाई केही फिक्री छैन। आखिर किन त? के आफ्नो देशको सार्वभौमसत्तामाथी चोट पर्दा कसैको पनि रगत उम्लिएर आउँदैन त? यदी देश नै नरहे हामीले नेपाली भनेर बाँच्ने अवसर पाइरहन्छौ त? बिकासोन्मुख देशबाट बिकसित देश भनेर चिनिने पालो कहिले त हाम्रो? देशको राजनीतिक अस्थिरता, महँगी, गरिवीले गर्दा कती मान्छेहरु बिदेश पलायन भएका छन्, यहाँ उच्च शिक्षाको गुणस्तरहिनताको कारणले कती बिद्यार्थी साथीहरु बिदेसिएका छन् र उतै बसेका छन्। यसले गर्दा देशलाई कती घाटा पर्छ, कसैले नापाजोखा गरेको छ? अहिले चाइनाले आफ्ना नागरिकहरुलाई आफ्नै देशमा आउन भनेको छ। उनिहरुलाई त्यहाँको भन्दा बढी सुबिधा र पैसा दिएर। तर हाम्रो आर्थिक स्थिती कमजोर छ। देश बिकासको लागि भनेर जम्मा भएको पैसा समेत सबै भ्रष्टचार गरेर सकिन्छन्। खाने, पिउने सबै कुरा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हाम्रो छ, देशमा उर्वर भुमी हुँदाहुँदै पनि। किन त? त्यसैले अब हामी जागरुक हुने बेला आएको छ। सारा जनता बिउझिने बेला आएको छ। पहिलेको गल्तीबाट चेतेर नयाँ उपाय निकाली देशको बिकास गर्नुपर्ने अवस्था आएको छ। एकपटक आँफै सोचौं त, के अहिलेको देशको अवस्थामा हामी शिर ठाडो पारेर हिंड्ने अवस्था छ? हाम्रो आत्मस्वाभिमान जिउँदै छ कि छैन?
No comments:
Post a Comment