Sunday, August 28, 2011

प्रधानमन्त्री बने भट्टराई


हिजो मात्र देशकै ठुलो राजनीतिक दल एनेकपा माओवादीका वरीश्ठ नेता डा बाबुराम भट्टराई नेपालको ३५सौं प्रधानमन्त्रिमा निर्वाचित भएका छन्। उनी संघिय गणतान्त्रिक नेपालका चौंथो प्रधानमन्त्री पनि हुन्। मधेशी मोर्चा र अरु साना दलको सहयोगले उनी बहुमतिय प्रधानमन्त्रिमा निर्वाचित भएका हुन्। देशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले भने बिपक्षमा बसेका छन्। बहुमतिय आधारमा प्रधानमन्त्री बनेका उनी समक्ष जनताले थुप्रै आशा गरेका छन्। उनी माओवादीको नौ महिने सरकारमा सफल अर्थमन्त्रीका रुपमा पनि चिनिन्छन्। त्यसैले उनिप्रती जनताको ठुलो आशा छ र सँगसगै दुई ठुला दल बिपक्षमा भएकाले उनीमाथी थुप्रै समस्याहरु पनि छन्। के कांग्रेस र एमाले बिपक्षमा उभिएका बेलामा शान्ती र संबिधान निस्कर्षमा पुर्याउन उनी सफल हुन्छन् त? यो सब त हेर्न बाँकीनै छ।
सरकारी अस्थिरताले गाँजेको हाम्रो देशमा उहिलेका सफल अर्थमन्त्री सफल प्रधानमन्त्री बन्लान् त? जबकी एमाले र कांग्रेसका वरिष्ठ नेताको प्रधानमन्त्रिको सपथ ग्रहण अगाबै यस सरकारले शान्ती र संबिधानलाई तार्किक निस्कर्षमा पुर्याउन नसक्ने अभिव्यक्ती आइसकेको छ। दुई ठुला दललाई बाहिर राखेर काम गर्न डा भट्टराईलाई ठुलै कसरत गर्नुपर्ने देखिन्छ। त्यसमाथी मधेशी मोर्चा तरल राजनीतिक दलका रुपमा चिनिन्छन्।
डा भट्टराई एक निम्न मध्यम बर्गिय परिवारमा जन्मिएका हुन्। उनको पृष्‍ठभुमी हेर्ने हो भने उनी कहिल्यै पनि दोस्रो नभएका व्यक्ती हुन्। माओवादीभित्रका एक मिहिनेती र कार्ययोजना बनाउने नेताका रुपमा उनी चिनिन्छन्। केही काम आट्यो भने त्यो काम पुरा गरिछाड्ने नेताका रुपमा उनको छबी राम्रो छ। यही गुणका आधारमा उनी सम्पूर्ण देशबासीबिच प्रख्यात छन्। उनी अहिले जनताका एउटै आशाका किरण मात्र होइनन्, सम्पूर्ण देशवाशीले खोजेका र रोजेका एक नेता हुन्। जनताको आशा कतिको पुरा हुन्छ? कतै पहिलेकै बहुमतिय प्रधानमन्त्री जस्तै उनी पनि असफल बन्ने वा बनाइने त होइनन्? यो उनको कौशलता र क्षमतामा भर पर्ने कुरा हो। किनकी यो अवस्थामा प्रधानमन्त्री हुन आँट गर्ने नै उनी हुन्। जे भए पनि हाम्रा आशाका उनिमात्रै एउटा किरण हुन्। उनलाई कार्यसफलताको हार्दिक शुभकामना!!

No comments: