Wednesday, November 4, 2009

स्पार्टकस

स्पार्टकस् तँ दास होस्
आजसम्मको धर्तिको
सबभन्दा खरो इतिहाँस होस्।
तैले मुक्तकण्ठले
स्वतन्त्रताको गीत गाइस्
कायरहरुले भोग्नै नसक्ने
मालिकहरुले थेग्नै नसक्ने
कस्तो दरिलो युग ल्याइस्।
हो, स्पार्टकस्,
तँ गजबको दास होस्
धर्तीपुत्रले सधैं सुँघ्ने
अती मिठो सुवास होस्
मान्छेलाई पसुमा झार्ने
तै पनि सभ्यताको स्वाँग पार्ने
लाखौं जीवनअका छोरालाई
मुखभरी धुर्त्याइँ पोत्ने
मुटुभरी लुच्याइँ बोक्ने
ति पाखन्डी घुसखोरीलाई
स्पार्टकस्,
तैले उछिट्टो काढिस्
कथित कानुनमा जेलिएका, ठेलिएका औ पेलिएका
सबलाई जागा गराइ छोडिस्
त्यसैले तँ स्पर्कटस्,
तँ मुक्त दास होस्
लाखौं लाख दासहरुको
जीवन चाहने सासहरुको
तँ नै अन्तिम आश होस्,
गौरबमय इतिहाँस होस्।

No comments: