Wednesday, December 9, 2009

गजल

परेलिका ओठ भिज्ने कस्तो प्रित लाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ

आशंकाले छाती जल्ने कस्तो हो यो मन
बेदनाका गीत गाउने कस्तो स्वर पाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ

घाइते मात्र हुन्छ सधैं कस्तो अभागी यो मन
उज्यालोलाई खोज्दा खोज्दै अध्यारोमै आएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ

सहनलाई गाह्रो हुन्छ सम्झनाले चुट्दा
फुलको बाटो भनी हिंड्दा काँडा मात्र पाएँ
पहिलो माया थियो मेरो उपहार धोका खाएँ

No comments: