Friday, December 18, 2009

गजल

बाँच्नै मन नलागे नी यहाँ हामी बाँच्नुपर्छ
मन रोइ कराए नी यहाँ हामी हाँस्नुपर्छ

को हो पराइ को हो आफ्नो थाहा छैन यहाँ
जोसुकै जे भए पनि राम्रो नाता गाँस्नुपर्छ
मन रोइ कराए नी यहाँ हामी हाँस्नुपर्छ

दु:ख दर्द बिछोड पिडा कती हुन्छ कती
दु:ख पिर पर्दा पनि रमाइ रमाइ नाँच्नुपर्छ
मन रोइ कराए नी यहाँ हामी हाँस्नुपर्छ

जीवन हो रङगमन्च दुई दिनको रामछायाँ
जीवन यो कटाउन मन मुटु मुटु साँच्नुपर्छ
बाँच्नै मन नलागे नी यहाँ हामी बाँच्नुपर्छ
मन रोइ कराए नी यहाँ हामी हाँस्नुपर्छ

No comments: