आसुँ नै रहेछ जिन्दगी हासु म कस्का लागि?
ब्यथा नै भएछ जिन्दगी बाचुँ म कस्का लागि?
आकाश छुने आकांक्षाहरु बिचैमा ठप्प हुँदा
मनमा उम्रिएका रहरहरु साचुँ म कस्का लागि?
आफ्नो भन्ने मान्छेलाई पराई भई हिंडेको देख्दा
नतोडीनु नाता तोडिएपछि गासुँ कस्का लागि?
ब्यथा नै भएछ जिन्दगी बाचुँ म कस्का लागि?
आसुँ नै रहेछ जिन्दगी हासुँ म कस्का लागि???
No comments:
Post a Comment