Tuesday, June 23, 2009

बिलाईजाने पानी जस्तो

नलेखेरनै कती कथाहरु हराएर जान्छन्
जीवनका कैयो पल कराएर जान्छन्!!
रोउ भने जिन्दगिमा आसुँ छैन सस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो!!
हाँस्दा हाँस्दै मान्छे कती डराएर जान्छन्
जीवनका कैयो पल कराएर जान्छन्!!
बिलाईजाने पानी जस्तो रहेछ जीवन
बुझाउनै गाह्रो कस्तो हजुर मान्छेको यो मन!!
जीवनको यात्रामा कती मन पराएर जान्छन्
जीवनका कैयो पल कराएर जान्छन्!!!

No comments: