Monday, June 22, 2009

नरोउ आमा

नरोउ आमा
तिम्रा छोराहरुले तिम्रो करुण चित्कार सुनेका छन्
तिम्रो न्यानो काखलाई रगतले भिजाउनेहरुको बली दिएर
तिम्रो काख सितल पार्ने सपना बुनेका छन्
तिम्रो पछ्यौरी ओढेर
तिमीलाई संसारभर चिनाउने
धोको आफ्नो मनमा थुनेका छन्।

नरोउ आमा,
तिम्रो अस्तित्व संकटमा पार्नेहरुलाई
तिम्रो इज्जतलाई खेलौना ठान्नेहरुलाई
अब तिम्रा सन्तानले
तिन्का टुप्पी र्र्वाइ र्र्वाइ रिगाइ
तिन्का छ।ला च्यातेर
त्यहा नुन बेसार दल्नेछन्
तिम्रा बक्ष्यस्थलका मरभुमिमा
तिन्का ताता रगत बग्नेछन्
र तिम्रो मन आनन्दित पार्नेछन्।

नरोउ आमा
तिम्लाई कुद्रिस्टीले हेर्नेहरुको
आँखामा तिर घोचीनेछ
तिम्लाई बहिरा भन्नेहरुको कानमा
राता झिर कोचिनेछ
तिम्लाई संकटमा पार्नेहरुको अन्त्यको लागि चक्रब्युह रचिनेछ
तिमीलाई आफ्ना ठान्नेहरु
तिमीलाई आमा मान्नेहरु
तिम्लाई जोगाउन आईसकेकाछन्
तिम्रो आसुँ पुछ्न लाईसकेकाछन्
तिम्रो उत्तरोत्तर प्रगतिको लागि
उनिहरु कटीबद्ध भईसकेकाछन्
तिमीलाई हानी गर्नेहरुको मिती पुर्याउने
कसम खाइसकेकाछन्!!!

No comments: