उ हिड्दै थियो
सुनसान सडकमा
एक्लै.......नितान्त एक्लै!!!
अँध्यारो रातमा
आफ्नो अन्धकारमय जीवनका यथार्थ केलाउदै थियो
उसका जीवनमा घटेका घटना
उसले पाएको ब्यथा
उसमा घनिभूत हुँदै गैरहेका थिए
उ केबल सोचिरहेको थियो
केबल सोचिरहेको.......
आफ्ना मनमा लागेका चोट!!
उसका आँखाबाट गंगा सल्बलाईरहेकी थिईन्
उसको मनमा भक्कानो फुटीरहेको थियो
तर......उ केबल सोचिरहेको थियो
आफ्नो जीवनको यथार्थ चित्रण गर्दै थियो
उ निमुखा प्राणीजस्तै मुकदर्सक थियो
उस्का मुखबाट शब्द निस्कन सकिरहेको थिएन
न त उ मुस्कुराउनै सकेको थियो
उसको मन र मुटुमा अन्तरद्वन्ध चलिरहेको थियो
उसका प्रत्यक पाइलाले
उसका प्रत्यक चालहरुले
उसको ब्यथित मनको कथा दर्शाइरहेको थियो
उसका एक एक थोपा अस्रुहरुले
उसको ब्यथा बोलिरहेको थियो
आफ्नो गन्तब्य प्रतिको निस्चितता उसमा थिएन
न त आफ्नो भबिस्यप्रती नै उ सजग थियो
थियो त केबल आफ्नो हालतमा, आफ्नो पिडा अनी आँसुहरुमा!!!
उसका पाइलाहरुले उसको बाटो डोर्यौउँदै थियो
कहाँ जाने, कता पुग्ने?
त्यसको निस्चितता उसमा थिएन
उ केबल हिँड्दै थियो
आफ्नो मनको घाऊ केलाउँदै
जीवनमा घटेका क्षणमा हराउँदै
उ केबल हिँड्दै थियो
सुनसान सडकमा.........एक्लै
नितान्त एक्लै!!!!
No comments:
Post a Comment