Saturday, July 18, 2009

वाह! कती मिठो हाँसो

वाह! कती मिठो हाँसो
वाह! कती राम्रो हाँसो
झरी परेपछीको आकाश खुलेको जस्तो हाँसो
टिलिक्क टल्किने मोतीको दाना देखिने हाँसो
सुकिसकेको मुलबाट पनि फुटेको जस्तो हाँसो
पिडा समाप्त भई मन प्रफुल्लित भएको बेलाको हाँसो
कोमल गुलाब फुल फुलेको जस्तो हाँसो
वाह! कती मिठो हाँसो।।
वाह्! कती राम्रो हाँसो।।

वाह! कती मिठो हाँसो।।
वाह! कती राम्रो हाँसो।।
शिशिरले बन जङगल सेताम्मे पारेपछी
बसन्तले हरियाली पार्दाको हाँसो
स्थिर तलाउको पानीमा
एक्कासी ढुङ्गा फाल्दा आउने तरङग जस्तो हाँसो
सुकिसकेको खोलामा
एक्कासी पनि आउँदाको हाँसो
भोकाएका मनिसहरुले
भोजन गर्न पाउँदाको हाँसो
सारा पिडा र बेदना नै
मत्थर पारीदिने हाँसो
कठोर मुटुलाई पनि
कोमल मुटुमा परिवर्तन गरिदिने हाँसो
बादलरहित आकाशझैं खुला हाँसो
वाह! कती मिठो हाँसो।।।
वाह! कती राम्रो हाँसो।।।

1 comment:

saru said...

mmhhh mmmhh...kasko hanso ho testo..
malai pani herna mann lagyo k..bhana ta ko ho..