Saturday, July 18, 2009

नेपाली जनताको चित्कार!!

आजभन्दा करीब ५ बर्ष अघी नेपालको यस्तो हालत थिएन। देशमा शान्ति सुरक्षा थिएन। माओवादीहरु भूमिगत भएर सशस्त्र आन्दोलन गरिरहेका थिए। देशमा जताततै बम,गोली र रगतको बर्षा भई रहेको हुन्थ्यो। कुन बेला र कहाँ माओवादी र सेनाको बिचमा दुईतर्फी यूद्ध हुन्छ अनी को को मर्छन् अनी हाम्रो त्यो बेला के हालत हुन्छ भनेर जनताहरु सशंकित हुन्थे। त्यो बेला मनिसहरु आफ्नो घर र परिवारको सुरक्षाको लागि हरदम सचेत हुने गर्थे। कती मनिसहरु त आफ्नो सुरक्षाको लागि आफ्नो जन्मभुमी समेत छोडेर भागेका थिए। मानिसहरुलाई सधैं आफ्नो ज्यान जोगाउनको चिन्ता हुन्थ्यो। कहिले माओवादीहरु आएर उनिहरुलाई धम्की दिन्थे त कहिले सेनाहरु। उनिहरुलाई दुबैतिरबाट आत्त्थु-आत्थु पार्थे। आफ्ना हुर्के बढेका छोरा छोरीहरु उनिहरुभन्दा टाढा हुन्थे किनकी उनिहरुलाई कि त माओवादीहरुले आफ्नो सेनामा भर्ना गर्न लान्थे कि त सेनाहरुले माओवादी भनेर बेपत्ता पारीदिन्थे। मनिसहरुलाई शान्ती चहिएको थियो। दुबै पक्षबाट पीडित जनतालाई सुरक्षा चहिएको थियो। प्रत्येक पत्रीकाहरुमा यो झडपमा आज माओवादीतिर यती जना र सेनातर्फ यतीजनाको मृत्‍यु भनेर आउथ्यो। जनताहरुले जहिले पनि मरेको, मारेको, बम, गोली पड्किएको कहानी मात्र सुन्नुपर्थ्यो। कती मनिसहरु त घरबार बिहिन भएर बिस्थापित हुनुपर्‍यो त कती मनिसहरु मृत्‍युको चपेटामा पर्नु पर्‍यो। चारैतिर कोलाहल र त्रासपूर्ण बातावरण थियो। जनताहरु निर्धक्कसँग बाँच्न र खान सकिरहेका थिएनन्। उनिहरुलाई केबल शान्ती चाँहीएको थियो।

जब दुई पक्षबिच शान्तीबार्ता भयो तब जनतालाई शान्तिको सास फेर्न पाउने आशा जाग्यो। उनिहरुले शान्ती र सद्भभाव पूर्ण बातावरणमा बस्ने दिन आयो भनी खुशीयाली मनाउन थाले। त्यसपछी संबिधानसभाको चुनाव गरियो अनी माओवादीहरुले नै अरु पार्टीभन्दा बढी मत ल्याएर सरकारको नेत्रित्व गर्ने अवसर पाए। अब त देशमा शान्ती आउँछ भन्ने आशमा मनिसहरु रमाउन थाले। तर अझै पनि मनिसले चाहेको जस्तो शान्ती भने आउन सकेन। त्यसपछी ९ महिनापछी माओवादीको सरकार ढालियो र एमालेको सरकार बनाइयो। तर अफसोच नेपालीहरुले कहिल्यै पनि शान्ती पाउन सकेनन्। देशमा पेट्रोलियम पदार्थको अभाव भयो, महंगीले आकाश छुन थाल्यो। नेपालीहरुको बाँच्नै नसक्ने अवस्था भयो। संसारभरीनै आर्थिक जगत ध्वस्त भयो। संसारमा आर्थिक संकट आईपर्‍यो। नेपालीहरुको त झनै दयनीय अवस्था आयो। देशका सम्पूर्ण नेताहरु कुर्सी तानातान र मै खाउ मै लाउँ भन्न थाले। जनताहरु भोक्भोकै मर्न थाले भने नेताहरु आफुआफु लड्दै बस्न थाले। जनताले अझै पनि शान्ती पाउन सकेनन्।

आखिर कहिले सम्म त यो तछाड मछाड? के जनताले नेताहरुलाई लड्न संसदमा पठाएका हुन त? उनिहरुको आवश्यकताको पुर्ती अब कहिले हुने त? देशमा बिक्षीप्त भ्रस्टाचार, लुटपाट, अन्याय, अत्याचार कहिले अन्त्य हुन्छ त? के नेपाली जनता अब सधैं यस्तै अन्योलको अवस्थामा नै बस्नुपर्ने हो त? देशको सिमा छिमेकी देशले अतिक्रमण गर्दा क् अझै टुलुटुलु हेर्दै बस्ने हो त? के भोक नाङगा, असहाय, गरीब, गुरुवाहरुलाई सधैं यस्तै किचलो सहनु पर्ने हो त? के नेपाली जनताले कहिलेपनी शान्तिको सास फेर्न नपाउने नै हो त? के देशमा सधैं लुटमार, अपहरण ब्यप्त भईरहने नै हो त? के अब देश हाँक्न बसेकाहरुले सोच्नु पर्ने बेला आएन र?
नेपाली जनताको यो चित्कार आखिर कहिले सम्म र कस्ले सुनिदिने त?

No comments: