
जब थियौ मेरो साथ
तब खुशीयाली थियो मेरो दिन र रात
सपनाका महल सजाउँदै
गगन चुम्ने अठोटमा रमाउँदै
सुन्दर भविष्यको कल्पना गर्थेँ
भन्थेँ तिम्रै लागि बाँच्छु अनी मर्छु
रातमा आकाशको ताराहरुमा
तिम्रै सुन्दर रुप खोज्थेँ
तिम्रो न्यानो काँख सम्झँदै
सिरानीमा शिर राखेर सुत्थेँ
तिम्रा सागरभन्दा गहिरा आँखाको कल्पनामा
तिम्रो चन्द्रमाजस्तो रुपको सम्झनामा
तिमीलाई आफ्नो बनाउने धोको पाल्दै
आँफैलाई हराउँथे!!!
जब छोड्यौ मेरो हात
विश्व नै भासिए जस्तो लाग्यो
सपना सबै टुक्रा टुक्रा भएर
आँखामा बिझ्न थाले
चारैतिर निस्पट्ट अँध्यारो छायो
पुर्नेको रातपनी औंशीझै लायो
ताराले झलमल्ल रातलाई
कालो बादलले ढाकेझै लाग्यो
भोक प्यास लाग्न छाडयो
निद्रादेवीले लत्याएझै लाग्यो
धुँवा र रक्सीमा दिन बित्न थाल्यो
आफ्नो भन्ने पराइ भईदिँदा
जिन्दगी नै लक्ष्यहिन लाग्न थाल्यो
ओठका मुस्कान हराउन थाले
जिन्दगीदेखी विरक्तिएर
स्वर अनाएसै कराउन थाले
आँखा त्यसै रसाउन थाले!!!
No comments:
Post a Comment