Saturday, November 7, 2009

सरकारी नालयकपन

"कुरो गर्‍यो कुरैको दु:ख, नगरे यसै सुख"। नेपाली परीपाटी नै यस्तै छ। कुरो गम्भिर नै छ। के गर्ने सबैले कानमा तेल हालेर बसे पनि कुरो त गर्नै पर्‍यो नि! होइन र? नेपालका दाङ, सुस्ता लगायतका थुप्रै ठाउँमा भारतीय अतिक्रमण भईरहेको छ। तर कसैको पनि यस कुरामा ध्यानाकर्षण नभएको देख्दा अचम्म लाग्छ र लाग्नु पनि स्वभावीक हो। सरकार पनि यस सम्बन्धमा लाचार देखिन्छ, अरुको त कुरै छोडौ। के अहिलेसम्म कुनै नेताहरुले यस बिषयमा गम्भिरतापुर्वक यस बिषयमा बोलेको देखिन्छ त? सिमा मिचिएको सम्बन्धमा सरकारले बनाएको उच्च स्तरिय समितिले समेत विवरण पेश गरेपछी पनि सरकारबाट कुनै पनि कदम नचालिनुको अर्थ नेपाली जनताले के लाउने? के हाम्रा देश चलाऊन बसेका नेताहरु सबै भारतीय दलालनै हुन् त? नभए, पररास्ट्रमन्त्रीले समेत "सिमा मिचिएको छैन" भन्दै झ्याली पिट्दै हिंड्नुको अर्थ के हो त? नेपाली सिमा मिचिएपछी विरोध हुनुपर्थ्यो तर खोइ त? विरोध त त्यतिखेर नै हुनुपर्थ्यो जतिखेर नालापानी र कालापानी क्षेत्र भारतले आफ्नो बनाएको थियो। जब भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली चेलीबेटिको उनिहरुकै आमाबाबुको अगाडि बलत्कार गरेका थिए, नेपाली युवालाई त्यसको प्रतिरोध गर्दा मरणासन्न हुनेगरी पिटिएको थियो। छिमेकी देश हुँदैमा उसले गरेको नराम्रा कुरा विरुद्ध नबोल्नु त नालायकपन देखाउनु हो। यि सबै कुरामा हाम्रा देशका आफुलाई ठुलाठालु ठान्नेहारु किन मौन छन् त? हुनत, "भारतीय मुलका ब्यक्ती नेपाली प्रधानमन्त्री" भनेर भारतीय पत्रीकामा छाप्दासमेत विरोध नगरि छाती चौडा बनाएर बस्ने यस्ता नालायक सरकारको के कुरा गर्नु?
त्यसैले त भनेको नि 'कुरो गर्‍यो।।'भनेर। देशको स्वाधिनता, सार्वभौमसत्ता जोगाउन नसक्ने यस्ता निकम्मा नेताहरुको हाम्रो देशमा के काम त्यसैले जनताहरु सबै एकजुट भएर यस्ता पाखण्डी नेताहरुलाई कालोमोसो दलेर, जुत्ताको माला लगाएर देश निकाला गर्नुपर्छ।
आज म आफुलाई देशका हर्ताकर्ता र ठुलाठालु भन्नेहरुलाई चुनौती दिन चाहन्छु-" के कसैले भारतीय अतीक्रमण मुर्दाबाद, मिचिएको जमिन फिर्ता गर' भन्न सक्छ? यदी त्यसो भनेर कोही अगाडि बद्छ भने सम्पूर्ण नेपाली जनता लड्न सुअलाई साथमा साथ मिलाउन तयार छन्। 'हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ' भन्ने कुरा तथ्य साबित गर्न तयार छन्।

4 comments:

Prabesh said...

एकदम सहि कुरा !! हामीले पनि गर्ने उहि गफै हान्ने त हो ! अरू केहि पनि गर्न सकिएन आफूले पनि !

अनि "भारतीय मुलका ब्यक्ती नेपाली प्रधानमन्त्री" भनेर भारतीय पत्रीकामा छाप्दासमेत विरोध नगरि छाती चौडा बनाएर बस्ने यस्ता नालायक सरकारको के कुरा गर्नु? " भन्ने लाइनमा मलाई चित्त बुझेन ।

मनमोहन सिंह नेपाली मुलका हुन् भनेर सन्ध्याकालीनले छाप्यो भने मनमोहन सिंहले स्पष्टीकरण दिनुपर्छ ? दिन्छन् ? कस्तो पत्रिकामा के छापिएको हो भन्ने कुरा पनि सोच्नुपर्छ । बकम्फुसे पत्रिकालाई जवाफ दिँदै हिँड्ने काम होइन प्रधानमन्त्रीको । बाबुराम भट्टराई 'र' को एजेन्ट भनेर दुनियाँ पत्रिकामा आएको छ । स्पष्टीकरण कहिल्यै दिएका छैनन् उनले । के 'र' कै एजेन्ट हुन् त त्यसोभए उनी ?

विषयवस्तुको गाम्भीर्यता र कसले उठाएको बिषयवस्तु हो त्यसले पनि धेरै असर पार्छ !!

Ashesh said...
This comment has been removed by the author.
Ashesh said...

सुदिप जी विषय राम्रो उठाउनुभको रहेछ । तर अलि aggressive लाग्यो लेख मलाई ।
‘देशको स्वाधिनता, सार्वभौमसत्ता जोगाउन नसक्ने यस्ता निकम्मा नेताहरुको हाम्रो देशमा के काम त्यसैले जनताहरु सबै एकजुट भएर यस्ता पाखण्डी नेताहरुलाई कालोमोसो दलेर, जुत्ताको माला लगाएर देश निकाला गर्नुपर्छ’।
माथिको वाक्याङ्स अलि चित्त वुझेन ।
यस्तो जुत्ताको माला लगाउने,कालो मोसो दल्ने, देश निकाला गर्नेजस्ता कार्य सायद चेतनशिल मान्छेले गर्ने काम होईन । हामीले त वैचारिक लडाई पो लड्नुपर्छ । देश मजवुत बन्न हामी युवा शक्ति जागरूक हुनुपर्छ र देश चलाउनेलाई मार्गनिर्देशन गर्न सक्नुपर्छ । गुण्डागर्दी र मारपिटले देश बन्दैन ।
जे भए पनि हामी निकम्मा भएको चाहिँ साँचो हो । टुलु टुलु अर्काको अत्याचार हेर्न बाहेक केहि गर्न सक्दैनौँ हामी । लेखको लागि धन्यवाद !

सुदिप बहादुर खड्का said...

प्रबेश र दाईलाई धेरै धन्यवाद, कमेन्ट र विचारको लागि!!!!