मन रुँदा हाँस्नुपर्ने जीवन पाएँ सस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
सहनलाई गाह्रो हुने रुखो तिम्रो वचन
वचनलाई कोमल त्यो फुल मानौँ जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
याद उनको आउँदा यो मन कती धेरै रुन्छ
बुझाउनै गाह्रो हजुर मन ढुङ्गा जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
च्यातिएका मनहरु हाँसोबाट टाल्छु
बुनिएका सपनाहरु कुना फालौं जस्तो
सम्झिएर बिर्सनलाई गाह्रो हुने कस्तो
1 comment:
oee khadka...dammi chha..khatra khatra lekhdo raichhau ni ta...huna ta saru ko khadka hai..he he eh
Post a Comment